हुम्लामा यात्रुको चाप घट्यो तर, एयरलाइन्सको नियमित उडान बढ्यो

हुम्लामा यात्रुको चाप घट्यो तर, एयरलाइन्सको नियमित उडान बढ्यो

अर्थ डबली
बिहिवार, मंसिर २ २०७८
अर्थ डबली
बिहिवार, मंसिर २ २०७८ (अर्काइभ बाट)
  • हुम्लामा यात्रुको चाप घट्यो तर, एयरलाइन्सको नियमित उडान बढ्यो

    उच्च हिमाली जिल्ला हुम्लाबाट अन्तर जिल्ला जोड्ने एकमात्र हवाई सेवाले पछिल्लो केही दिन यतादेखि नियमित उडान भरिरहेका छन् । 

    images
    images

    दसैँ तिहारको समयमा जिल्लाबाहिर जाने यात्रुको चाप बढिरहेका बेला केही दिनयतादेखि नेपाल एयरलाइन्ससहित निजी एयरलाइन्सले हुम्लामा आफ्नो उडान थप गरेका छन् । 

    हुम्लादेखि जिल्लाबाहिर पुग्न छिटो र सजिलो माध्यम हवाई सेवा रहेको छ । सिमकोट विमानस्थल स्रोतका अनुसार नेपालगञ्ज, सुर्खेतदेखि हुम्लामा सीता, समिट र तारा एयरलाइन्सले नियमित उडान भर्दा यात्रुको चाप घटेको छ। 

    सीता एयरलाइन्सले बिहानदेखि दिउँसो चार बजेसम्म उडान भर्दा सिमकोट विमानस्थलमा यतिबेला यात्रुको चाप घटेको हो । समिट र तारा एयरलाइन्सले दैनिक दुईसम्म उडान भर्ने गरेका छन्।

     जिल्लामा अभाव भएको हवाई उडानमा निजी एयरलाइन्सले उडान तालिका बढाउँदा जिल्लाबाहिर जाने हुम्ली यात्रुलाई सहज भएको छ । 

    दसैँ तिहार मनाउन घर पुगेका विद्यार्थीसहित स्वास्थ्योपचार तथा काम विशेषले जिल्लाबाहिर जाने यात्रुलाई थप सहज भएको हो ।

    सिमकोट विमानस्थलमा दैनिक सयौँको सङ्ख्यामा भीडभाड हुने गरे पनि दुईदिन यतादेखि यात्रुको चाप निकै घट्दै आएको छ । 

    नेपाल एयरलाइन्सको हुम्लामा हप्ताको तीन उडान

     यस्तै सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले हुम्लालगायत कर्णालीका हिमाली जिल्लाका लागि आफ्नो उडान थप गरेको छ ।

    हुम्लासहितका विमानस्थलमा यात्रुको चाप वृद्धि भएकाले उडान सङ्ख्या थप गरेको जानकारी प्राप्त भएको छ ।

    नेपाल एयरलाइन्सले हुम्लाका लागि हप्तामा तीनवटा सहुलियत उडान थप गरेको जिल्ला शाखाका प्रमुख बलबहादुर सुनारले बताए । 

    यसअघि हप्तामा एउटा मात्रै उडान भर्दै आएको एयरलाइन्सले अब हप्तामा तीन उडान भर्ने भएको प्रमुख सुनारले बताए । 

    नेपाल एयरलाइन्सले हुम्लाका लागि आइतबार, सोमबार र बिहीबार उडान भर्ने भएको उनले बताए । 

    सिमकोटबाट नेपालगञ्जको भाडा नेपाल एयरलाइन्सको रु छ हजार ९१० छ भने निजीस्तरका तारा र सीता एयरले रु छ हजार ३० र समिट एयरले रु छ हजार १३० लिने गरेका छन् । 

    साताको लोकप्रीय