आइएमई जनरल इन्स्योरेन्सद्वारा क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न

आइएमई जनरल इन्स्योरेन्सद्वारा क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न

अर्थ डबली
बिहिवार, मंसिर २ २०७८
अर्थ डबली
बिहिवार, मंसिर २ २०७८ (अर्काइभ बाट)
  • आइएमई जनरल इन्स्योरेन्सद्वारा क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न

    काठमाडौँ / आइएमई जनरल इन्स्योरेन्सले कार्तिक २८ गतेदेखि ३० गतेसम्म सोलुखुम्बु जिल्लाको बीमा समितिको प्रतिनिधिको रोहबरमा क्षति मूल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको छ ।

    images
    images

    कम्पनीले बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम उक्त तालिम सम्पन्न गरेको हो । 

    कम्पनीले कृषि तथा पशुपंक्षी बीमा क्षति मुल्याङ्कनकर्ताको व्यवस्था गर्न कृषि तथा पशुपंक्षी बीमाको लागि कम्पनीको लागि तोकिएका जिल्लाहरू : सोलुखुम्बु र ओखलढुङ्गा जिल्लाका सहभागिहरूलाई तालिम प्रदान गरेको हो । उक्त तालिममा १५ जना व्यक्तिहरूको सहभागिता रहेको थियो । 

    क्षति मुल्याङ्कनकर्ताको तालिमपश्चात कृषि तथा पशुपंछी बीमाको क्षतिको लागि तोकिएको सीमाभन्दा बढीको क्षतिमा क्षति मूल्याङ्कनकर्ताले मूल्याङ्कन गरी दावी भुक्तानी गर्ने व्यवस्थाबाट कृषि तथा पशुपंछी बीमामा उल्लेख रूपमा सुधार भई कम्पनीले ग्राहकहरूलाई बीमा सेवा प्रदान गर्न सहज हुने अपेक्षा कम्पनीले लिइएको छ ।

    साताको लोकप्रीय