टाटा मोटर्सको एक्सचेन्ज क्याम्प: टेष्ट ड्राइभदेखि आकर्षक छुट तथा गिफ्ट ह्याम्पर 

टाटा मोटर्सको एक्सचेन्ज क्याम्प: टेष्ट ड्राइभदेखि आकर्षक छुट तथा गिफ्ट ह्याम्पर 

अर्थ डबली
बिहिवार, मंसिर २ २०७८
अर्थ डबली
बिहिवार, मंसिर २ २०७८ (अर्काइभ बाट)
  • टाटा मोटर्सको एक्सचेन्ज क्याम्प:  टेष्ट ड्राइभदेखि आकर्षक छुट तथा गिफ्ट ह्याम्पर 

    काठमाडौं नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले प्यासेन्जर भेहिकलका लागि टाटा मोटर्स एक्सचेन्ज क्याम्प कार्यक्रमकोे आयोजना गर्ने भएको छ । 

    images
    images

    कार्यक्रम यहि मंसिर ०३ देखि ०७ गतेसम्म (१९ नोभेम्वरदेखि २३ नोभेम्वर, २०२१) सम्म नेपालभरि रहेका टाटा मोटर्सको सोरुमहरुमा हुँदैछ । 


    कार्यक्रमको आकर्षण केके छन् ? 


    ग्राहक महानुभावहरुले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाईभ, नेक्सन, नेक्सन इभी, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । 


    एक्सचेन्ज क्याम्प कार्यक्रममा जुनसुकै ब्राण्डका गाडीसँग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मुल्याड्ढन हुने कम्पनीको दावी छ ।संगै आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिनेछ । 


    फाईनान्सको सुविधा, गाडीको एक्सेसरिज, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मुल्याङ्कन र टेष्ट ड्राईभमा आकर्षक गिफ्ट ह्याम्पर लगायतका विशेष आर्कषणहरु रहेका छन ।

    कार्यक्रमको अवसरमा टाटा मोटर्सको आधुनिक सोरुममा पुगेर नयाँ गाडी खरिद गर्न सकिन्छ । 

    कार्यक्रमको  जानकारीका लागि नजिकको टाटा मोटर्स्को शोरुममा सम्पर्क गर्न सकिनेछ । 

    साताको लोकप्रीय