यस्तो देखियो सामुहिक चित्रकला प्रदर्शनी 

यस्तो देखियो सामुहिक चित्रकला प्रदर्शनी 

अर्थ डबली
शुक्रवार, मंसिर ३ २०७८
अर्थ डबली
शुक्रवार, मंसिर ३ २०७८ (अर्काइभ बाट)
  • यस्तो देखियो सामुहिक चित्रकला प्रदर्शनी 

    ललितकला क्षेत्रको सर्वाधिक रुचाईएको  र धेरै सिर्जना हुने विधा चित्रकला हो । शब्द एउटा शैली र क्षेत्राधिकार विशाल हुनु यसको प्रमुख विशेषता हो । 

    images
    images

    सोही विविध शैली, रङ, कन्सेप्टमा सिर्जना गर्ने नेपालका ख्याति प्राप्त चार जना कलाकारहरु रत्नकाजी शाक्य, चन्दा श्रेष्ठ, सुषमा राजभण्डारी, गजेन्द्रमान श्रेष्ठद्वारा सिर्जित कलाकृतिहरुको सामूहिक चित्रकला प्रदर्शनी २०७८ यहि कात्तिक २८ गते साँझ ४ः०० बजे सोभिनियर ग्यालरी क्याफे, लसता मार्ग, सोल्टीमोड, काठमाडौंमा एक भव्य समारोहकाबीच किर्तिपुर नगरपालिकाका नगर प्रमुख रमेश महर्जनले उद्घाटन गरेका छन् ।  
          
    चार जना कलाकारहरुले सन् २००२ मा द्ध( क्तचयपभ भन्ने संस्था स्थापना गरी बंगलादेश, जापान, भारत, नेपाल लगायत विभिन्न देशहरु चित्रकला प्रदर्शनी गर्दै आईरहेको छ । 

    सोही प्रदर्शनीको निरन्तरता स्वरुप गरिएको उक्त प्रदर्शनीमा प्रमुख अतिथी किर्तिपुर नगरपालिकाका नगरप्रमुख रमेश महर्जन, विशेष अतिथी प्रा.डा. कृष्ण पराजुली, प्राज्ञ माधव प्रधान, प्राज्ञ रमेशनाथ खनाल, उशा श्रेष्ठ, वरिष्ठ कलाकारहरु देखि विद्यार्थी कलाकारहरु, कलालेखक, पत्रकार तथा कला पारखीहरुको उत्साहपूर्ण उपस्थिति रहेको थियो । 
           
    कार्यक्रममा स्वागत् मन्तव्य प्राज्ञ चन्दा श्रेष्ठले राखेका थिए ।  उनले “हामी÷हाम्रो संस्था द्ध( क्तचयपभ ले सन् २००२ देखि नेपाली चित्रकलालाई नेपालमा मात्रै नभई विदेशमा पनि प्रदर्शीत गर्ने र चिनाउने कार्य गर्दै आएका छौं र आउँदा दिनहरुमा विभिन्न देशमा चित्रकला प्रदर्शनी तथा चित्रकला कार्यशाला गर्ने योजनामा लागिरहेका छौं ।
     नेपाली कलाको विकासका लागि हामी सम्पूर्ण कलाकारहरु एकताबद्ध भएर लागिरहनु पर्ने हुन्छ भनी बताउनु भई प्रदर्शनीमा सम्पूर्णलाई स्वागत् गरिन । 
      
    मन्तव्यको क्रममा नगरप्रमुख रमेश महर्जनले “ललितकला देश विकासको मेरुदण्ड हो । कलाको विकास बिना देशको विकास सम्भव हुँदैन्, त्यसैले कलाकारलाई स्वतन्त्रता र सदैव प्रोत्साहन गर्नु पर्छ” भनेका थिए ।  कार्य व्यस्तताका बाबजुद पनि कलाका कार्यक्रमहरुमा आफु उपस्थित हुन उत्सुक हुने जानकारी दिए । 

    painting 2.JPG

    उनी आफु ललितकला क्याम्पस पढेकोले पनि कलाकारीता प्रति झुकाव रहेको बताए ।  उनले आफ्नो कार्यकालमा किर्तिपुरमा राष्ट्रिय प्रस्तर मूर्तिकला कार्यशाला, विभिन्न ठाउँमा चित्रकला कार्यशाला तथा भित्तेचित्रकला कार्यशाला सम्पन्न गरेको कुरा राखे । 

    उनले र्कितिपुर नगरपालिकामा ४५ जना वरिष्ठ कलाकारहरुको चित्रकला संकलन गरी म्यूजियमको तयारी गरेको जानकारी दिए ।  यसरी कला विकासमा आफु सदैव हातेमालो गरी सहयोग गर्ने वचनबद्ध रहेको जनाए । 
    कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मककला विभाग प्रमुख तथा कला समीक्षक रमेशनाथ खनालले उक्त प्रदर्शनीमा चार जना श्रष्टाले सिर्जना गरेका कलाकृतिहरु एक देखि अर्को फरक माध्यम र शैलीमा रहेको बताए । प्रदर्शनीमा वरिष्ठ कलाकार रत्नकाजी शाक्यले जल रङ र ओभलिजममा काम गरेको बताए । 

    उनका चित्रहरु निकै सुन्दर र मनमोहक रहेको पनि बताए । त्यस्तै प्राज्ञ चन्दा श्रेष्ठले आफ्नो कला सिर्जनामा विभिन्न सँस्कृति झल्किने खालका चित्रहरु प्रदर्शनीमा प्रदर्शीत रहेको जनाए । प्राज्ञ गजेन्द्रमान श्रेष्ठले सदैव माछा र घण्टी सिर्जना गरी आफ्नो परिचय बनाएको बताए । 

    painting.JPG

    प्राज्ञ सुषमा राजभण्डारीको चित्रमा गणेश, पिस आइज, थर्ड आइजका विम्बहरु राखेर सिँगारीएको चित्रहरुले नै बोलको बताए । खनालले कला विकासको लागि कलाकारका साथ साथै कलालेखक तथा कला समीक्षकको अहम् भुमिका हुने जिकिर गरे । 
         
    सामूहिक चित्रकला प्रदर्शनीका सभापति तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभाग प्रमुख प्राज्ञ सुषमा राजभण्डारीले चित्रकलाको विकासका लागि आफुले चित्रकलाका विभिन्न कार्यशाला, प्रदर्शनी, गोष्ठी, सेमिनार, आर्ट टक जस्ता कार्यक्रम गर्ने गरेको बताईन भने ललितकलाका क्याम्पसहरुमा पनि पाठ्यक्रम सुधारदेखि चित्रकलाका विभिन्न कार्यक्रम गर्ने गरेको बताईन । 

    उनले नेपालमा ग्लोबल आर्ट भिलेजको परिकल्पना गरेको र विभिन्न ठाउँहरुमा सो को विषयमा कुरा गर्दा नार्गाजुन, किर्तिपुर, नाला, चाँगुनारायणका मेयरले आफुले आर्ट भिलेजको लागि जग्गा दिन इच्छुक रहेको जानकारी दिइन् । 

    painting 4.JPG

    उक्त आर्ट भिलेज निर्माण गर्दा कलाकारहरुले एकापसमा मिलेर काम गर्ने वातावरण सिर्जना हुने र कलाका नविन आयामहरुको विकास हुने जनाईन । यसले गर्दा कलाकारहरुमा चित्रकला सिर्जना गर्ने वातावरण निर्माण भई कलाको स्तरउन्नतीमा अहम् भुमिका खेल्ने बताईन । यसका लागि आफुले टिम बनाई कार्य अगाडी बढाएको पनि जानकारी दिइन । 

    अन्त्यमा, उक्त प्रदर्शनीमा चार जना कलाकारहरुका ३३ वटा चित्रहरु प्रदर्शन गरिएको छ । प्रदर्शनी २०७८ कात्तिक २८ गतेदेखि मंसिर ११ गतेसम्म विहान ११ः०० बजेदेखि साँझ ९ः०० बजेसम्म खुला रहने छ ।  

       

    साताको लोकप्रीय