मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटीबीच साझेदारी, लकडाउन प्रभावितलाई सहयोग

मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटीबीच साझेदारी, लकडाउन प्रभावितलाई सहयोग

अर्थ डबली
शुक्रवार, मंसिर ३ २०७८
अर्थ डबली
शुक्रवार, मंसिर ३ २०७८ (अर्काइभ बाट)
  • मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटीबीच साझेदारी, लकडाउन प्रभावितलाई सहयोग

    काठमाडौँ / मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले साझेदारीको घोषणा गरेका छन् ।

    images
    images

    जीविकोपार्जनमा कोभिड-१९ को लकडाउनबाट प्रभावित नेपालका भावी घरधनीहरूको आवश्यकता सम्बोधन गर्न यी दुई संस्थाले साझेदारीको घोषणा गरेका हुन् । 

    अन्य स्थानीय साझेदार संस्थासँगै ह्याबिट्याट फर ह्युम्यानिटी नेपालका कर्मचारीहरूले खाद्य र आधारभूत सरसफाइका  सामग्रीहरू कन्चनपुरका पूर्व हलियाहरूसमेत मोरङ र सप्तरीका २५० परिवारलाई बाँड्ने बताइएको छ । 

    मेटलाइफ फाउन्डेसनबाट प्राप्त करिब ६ लाख रुपैयाँबाट उक्त परिवारहरूलाई  ह्याबिट्याट फर ह्युम्यानिटीले २ महिनाको लागि चामल, दाल, खाने तेल, नुन लगायत अन्य खाद्य सामग्रीहरू, मास्क, साबुन र अन्य सरसफाइका सामग्रीहरू बाँड्ने जनाएको छ । 

    “कोभिड–१९ को महामारीबीच मेटलाइफले नेपालका परिवारहरूका आकस्मिक आवश्यकता  सम्बोधन गर्नको लागि राहतका सामग्रीहरू बितरण गर्ने काम जारी राखेको छ । 

    एउटा कम्पनीको रूपमा हाम्रो उद्देश्य मानिसहरूलाई आत्मबल युक्त भविष्य निर्माण गर्न सहयोग गर्नु हो । ह्याबिट्याट फर ह्युम्यानिटी नेपालसँगको साझेदारीबाट हामीले देशका  विपन्न परिवारहरूको पीडा कम गर्न र अझ बलियो समुदाय निर्माण गर्ने सक्नेछौँ भन्ने आशा लिएका छौँ,” मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले बताए । 

    ह्याबिट्याट फर ह्युम्यानिटी नेपालको ‘आश्रयको लागि खाना’ कार्यक्रमले कम गुणस्तरको आवास सम्बन्धी दीर्घकालीन विषयहरू समाधान गर्ने राष्ट्रिय रणनीतिलाई सहयोग गर्दछ । 

    ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले सबैभन्दा विपन्न र सीमान्तकृत परिवारहरूलाई सुरक्षित आश्रय निर्माण गर्न र कोभिड-१९ ले पारेको तत्कालिन असर न्यूनीकरण गर्न खानाको पहुँच उपलब्ध गराउने व्यवस्था गर्दछ । 

    “हामी मेटलाइफको सहयोगप्रति कृतज्ञ छौँ । ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले कोभिडû१९ महामारीको दौरान सयौँ परिवारलाई आश्रयको लागि खाद्य कार्यक्रममार्फत सहयोग गरेको छ ।’

    सम्पन्न बस्ती’ समुदाय हाल अस्थायी टहरामा बसिरहेका १४५ परिवारको लागि घर हुनेछ जसले सकेसम्य छिटो आफ्नो घर निर्माण गर्नु पर्नेछ । मेटलाइफको यस सहयोगले आफ्नो परिवारलाई दिनहुँ  गुजारा  गराउने बाध्यताबाट मुक्त गराइ घर निर्माणमा केन्द्रित  हुन सहयोग गर्नेछ ।

    परिवारहरूसँग स्थायी र स्वस्थ आवास बनाउने काम गरिरहँदा हामी विश्वास गर्छौँ कि उचित आवास कोभिड(१९ को संक्रमण रोक्ने पहिलो रक्षात्मक उपाय हो, ” ह्याबिट्याट फर ह्युम्यानिटी नेपालका राष्ट्रिय निर्देशक क्रिस्टी स्टिक्नीले बताए । 

    मेटलाइफ नेपाल २००१ देखि नेपालमा सञ्लित छ । यो  संयुक्त राज्य अमेरिकास्थित  अमेरिकी लाइफ इन्स्योरेन्स कम्पनीको शाखाको रूपमा आवद्ध छ । नेपालमा मेटलाइफले उपभोक्ता र व्यवसायलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा, कर्मचारीहरूलागि सामुहिक बीमाजस्ता सेवा उपलब्ध गराउँदछ ।

    यसैगरी सबैलाई उचित आश्रय चाहिन्छ भन्ने भिजनबाट प्रेरित ह्याबिट्याट फर ह्युम्यानिटी दक्षिण जर्जियाको अन्तरजातीय सामुदायिक फार्ममा एक स्थानीय अभियानको रूपमा प्रारम्भ भएको थियो । 

    सन् १९७६ मा स्थापना भएको यो संस्था अहिले ७० भन्दा बढी देशहरूमा काम गर्ने एक अग्रणी विश्वयापी गैर-नाफामुलक संस्था बन्न सफल भएको छ । एसिया ( प्रशान्त क्षेत्रमा सन् १९८३ देखि ह्याबिट्याट फर ह्युम्यानिटीले लाखौं मानिसहरुको घर निर्माण एवम् सुधार गर्न मद्दत गरेको छ । 

    आर्थिक सहयोग, स्वयंसेवा तथा किफायती आवासको लागि आवाज उठाएर  सबैले खाँचोमा परेका परिवारहरुलाई सुन्दर जीवन निर्माण गर्नको लागि आवश्यक सामर्थ्य, स्थिरता र आत्मनिर्भरता प्राप्त गर्न मद्दत गर्न सक्छन् । 

     

    साताको लोकप्रीय