शिखर इन्स्योरेन्स १८ औं बर्षमा, १७५ करोडको चुक्तापूँजि, ३० प्रतिशत हकप्रद शेयर जारी हुँदा २२८ करोड पुग्ने

शिखर इन्स्योरेन्स १८ औं बर्षमा, १७५ करोडको चुक्तापूँजि, ३० प्रतिशत हकप्रद शेयर जारी हुँदा २२८ करोड पुग्ने

अर्थ डबली
शुक्रवार, मंसिर ३ २०७८
अर्थ डबली
शुक्रवार, मंसिर ३ २०७८ (अर्काइभ बाट)
  • शिखर इन्स्योरेन्स १८ औं बर्षमा, १७५ करोडको चुक्तापूँजि, ३० प्रतिशत हकप्रद शेयर जारी हुँदा २२८ करोड पुग्ने

    काठमाडौं/ शिखर इन्स्योरेन्स कम्पनी १७ बर्ष पुरा गरी १८ औं बर्षमा प्रवेश गरेको छ । नेपालमा गुणस्तरिय निर्जिवन बीमा सेवा प्रदान गर्ने उद्देश्यका साथ बिभिन्न पेशा ब्यबसायमा आवद्ध ब्यत्विको सक्रियतामा स्थापित भएको कम्पनी हो । 

    images
    images

    कम्पनीले आजैका दिन बि.स २०६१ मंसिर २ बाट बीमा सेवा प्रदान गरेको थियो । सुरुमा कम्पनी स्थापना गर्दा १० करोडको चुक्ता पुँजि भएको कम्पनी आज १७५ करोड को चुक्ता पुँजि रहेको छ । 

    कम्पनीको पछिल्लो १५ औं र १६ औं बार्षिक साधारण सभाबाट पारित ३० प्रतिशत हकप्रद शेयर जारी भए पश्चात कम्पनीको चुक्ता पुँिज २२८ करोड पुग्ने छ । 

    कम्पनीले बिगत १७ बर्षदेखि अनवरत रुपमा सेवा प्रदान गर्दै आईरहेको छ । यस क्रममा बीमाको पहुच नेपालको बिकट जुम्ला, हुम्ला, कालिकोट, मुगु, मुस्ताङ, बझाङ दैलेख डोटी, डोल्पा जस्ता दुरदराजका जिल्ला सहित कुल १०५ शाखा र निकट भबिष्यमा थप २० शाखा गरी कुल १२५ शाखा मार्फत सेवा प्रदान गर्न सफल छ । 

    कम्पनी सम्पुर्ण बीमित बर्गको बिश्वास र भरोसाको केन्द्र भएका कारण नेपालमा भएका निर्जिवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्ने कम्पनी बन्न सफल भएको कम्पनीको दावी छ । 

    यस अवधीमा कम्पनीले बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान तथा पुरस्कार प्राप्त गर्न सफल भएको छ जसमा नेपाल सरकार अर्थमन्त्रालय, अन्तरिक राजश्व बिभाग, ठुला करदाता कार्यालय ललितपुरले आर्थिक बर्ष २०७१/ ०७२ मा सबैभन्दा बढि कर दाखिाले गर्ने कम्पनीका रुपमा सम्मान पत्र प्रदान । 

    नेपाल सरकारको ४९ प्रतिशत लगानी रहेको नेपाल पुनर्बीमा कम्पनी लि. आ.व. २०७५/ ०७६ र आ.व. २०७६/ ०७७ मा निर्जिवन कम्पनीहरु मध्ये पुनर्बीमा शुल्क र दाबीका आधारमा सबै भन्दा बढी नाफामुलक ब्यबसाय प्रदान गरेको थियो । 

    बि.स. २०७१, २०७३, २०७४, २०७६ सालमा ल्भध द्यगकष्लभकक ब्नभ संस्थाबाट द्यभकत ःबलबनभम क्ष्लकगचबलअभ ऋयmउबलथ पुरस्कार प्राप्त गर्न सफल । नेपालको दुर दराज बिकट जुम्ला, कालिकोट, डोल्पा मुगु का जनतालाई बर्षेनि मौषमका कारण स्याउ खेतिमा हुने नोक्सानीका कारण पर्न जाने आर्थिक भारलाई कम गर्न मौसम सुचकाङ्गक बीमालेखमार्फत किसानलाई भएको जोखिम तथा क्षतिको क्षति पुर्ति प्रदान गरेकै कारण ग्प् ब्ष्म ागलमभम ब्मबउतबतष्यल बत क्अबभि उचष्शभ ब्कष्ब ल्भतधयचप ायच क्गकतबष्लबदभि ब्नचष्अगतिगचभ बलम द्यष्यचभकयगचअभक ९ब्ल्क्ब्द्य० द्धारा २०१९ मा ५०,००० पाउण्डेस्ट्रलिङ बराबर पुरष्कार रासी शिखर इन्स्योरेन्स कम्पनी  लि ले प्राप्त गरेको छ । 

    insurance shikhar.JPG

    २०७२ सालको भुकम्पका कारण सृजित बिपत्तिको समयमा भत्किएका संरचनाको पुन निर्माणका लागि बीमितको दाबी समयमानै भुक्तानी गरी बीमा ब्यबसायमा दाबी केन्द्रित गरी बीमितलाई परेको बेला सहयोग गरेमा बीमा बारेको जनचेतना तथा आस्था एवम् बिश्वास आर्जन गरेमा ब्यबसायमा स्वतः बढोत्तरी हुन्छ भन्ने कुरा आज शिखर इन्स्योरेन्स कम्पनी लि. नेपालको अग्रस्थानमा रहनुले प्रमाणित गरेको छ । 


    आ.व २०७७।०७८ मा निर्जिवन बीमा कम्पनीहरु मध्ये सबै भन्दा बढी ३९७ करोडको बीमाशुल्क आर्जन गर्न कम्पनी बन्न सफल कम्पनीले आफ्ना शेयरधनि महानुभवाहरुलाई राम्रो प्रतिफल दिन सफल छ । 

    कम्पनीको भनाईः अलग पहिचान सहित अब्बल कम्पनीका रुपमा स्थापित

    कम्पनीलाई यस उचाईमा पुर्याउन कर्मचारी बर्गको मेहनत र योगदान अतुलनिय रहन्छ यस अवसरमा कम्पनीमा १० वर्षे कार्यकाल पुरा गरेका २५ जना कर्मचारीलाई सम्मान गरियो हाल सम्म दश बर्ष कार्याकाल पुरा गरेका कर्मचारीको संख्या ७० पुगेको छ ।

    shikhar insurance 2.JPG

    यस सुखद घडीमा कम्पनीको केन्द्रिय कार्यालयमा मिति २०७८–८–२ गते रक्तदान कार्यक्रमको आयोजना गरियो जसमा ५६ जना कर्मचारीहरुले रक्तदान गरेका थिए ।  

    यस सुखद अवसरमा हामीलाई निजिर्वन बीमाको क्षेत्रमा अलग पहिचान सहित अब्बल कम्पनीका रुपमा स्थापित गराउन महत्वपुर्ण भुमिका निर्वाह गर्नुहुने सम्पुर्ण बीमित बर्गमा हार्दिक कृतज्ञता प्रकट गर्दछौं । 

    साथै यस अवधिमा सधै मार्गदर्शन गर्नुहुने नियमनकारी निकाय बीमा समिति, शेयरधनी महानुभावहरु, शुभेच्छुक, एवम् सम्पुर्ण सरोकारवालामा हार्दिक आभार प्रकट गर्दै आगामी दिनहरुमा यहाँहरुको साथ, सहयोग र सद्भावको अपेक्षा गर्दै यस कम्पनीबाट प्रवाह गरिने सेवा अझ बढी प्रभावकारी गुणस्तरिय आधुनिक प्रबिधिमैत्री बिश्वसनिय बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्दर्छौं । 

    साताको लोकप्रीय