प्रेरक प्रसङ्ग : जब साडी कारखानाका मालिकले शास्त्रीसँग साडीको पैसा लिन मानेनन्

प्रेरक प्रसङ्ग : जब साडी कारखानाका मालिकले शास्त्रीसँग साडीको पैसा लिन मानेनन्

अर्थ डबली
सोमवार, मंसिर ६ २०७८
अर्थ डबली
सोमवार, मंसिर ६ २०७८ (अर्काइभ बाट)
  • प्रेरक प्रसङ्ग : जब साडी कारखानाका मालिकले शास्त्रीसँग साडीको पैसा लिन मानेनन्

    लालबहादुर शास्त्रीको जन्म १९०४ मा मुगलसराय, उत्तर प्रदेशमा लाल बहादुर श्रीवास्तवको रूपमा भएको थियो । उनको पिता शारदा प्रसाद श्रीवास्तव ९नाई० एक गरीब शिक्षक थिए, जो पछि राजस्व कार्यालयमा लिपिक ९क्लर्क० भए ।

    images
    images

    भारतको स्वतन्त्रताको पश्चात शास्त्रीजीलाई उत्तर प्रदेशको संसदीय सचिवको रूपमा नियुक्त गरिएको थियो । प्रहरी एवं यातायात मन्त्री, अखिल भारत काँग्रेस कमेटीको महासचिवको जिम्मेवारी सम्हाल्दै उनी ९ जुन १९६४मा भारतको प्रधानमन्त्री भएका थिए । 

    यो त्यस समयको घट्ना हो जतिबेला उनी भारतका प्रधानमन्त्री थिए । उनी एक दिन आफ्नी श्रीमती ललितादेवीलाई लिएर घुम्न निस्किए । सोही क्रममा शास्त्री श्रीमतीसहित एउटा साडीको कारखानामा पुगे । कारखानामा धेरै साडीहरू थिए ।

    जसमा उनकी श्रीमतीले केही साडी मन पराइन् । श्रीमतीले मन पराएको साडीहरू झोलामा राखिदिन शास्त्रीले कारखानाका मालिकलाई आग्रह गरे र पैसा दिन लागे । प्रधानमन्त्रीले पैसा दिन लागेपछि मालिकले पैसा लिन अस्वीकार गरे । उनले उक्त साडी प्रधानमन्त्री पत्नीका लागि उपाहार स्वरूप लैजान अनुरोध गरे तर शास्त्रीले भने पैसा दिन कर गरिरहे ।

    कारखानाका मालिकले पैसा साडीको पैसा लिन नमानेपछि शास्त्रीले उनलाई प्रश्न गरे – ‘आज म प्रधानमन्त्री छु, यसैले मलाई यति मुल्यवान साडी सित्तैमा दिन खोज्दै हुनुहुन्छ । तर भोलि जब म प्रधानमन्त्री रहन्न भने तब के यस्तो साडी तपाईं सित्तैमा दिन सक्नुहुन्छ ?

    शास्त्रीको कुरा सुनेर कारखाना मालिक केही बोल्न सकेनन । उनले चुपचाप पैसा लिए ।

    साताको लोकप्रीय