संसारभरकै मानिसका लागि प्रेरणाका स्रोत मन्डेलाको जीवन बदल्ने प्रेरक भनाई

संसारभरकै मानिसका लागि प्रेरणाका स्रोत मन्डेलाको जीवन बदल्ने प्रेरक भनाई

अर्थ डबली
मंगलवार, मंसिर ७ २०७८
अर्थ डबली
मंगलवार, मंसिर ७ २०७८ (अर्काइभ बाट)
  • संसारभरकै मानिसका लागि प्रेरणाका स्रोत मन्डेलाको जीवन बदल्ने प्रेरक भनाई

    नेल्सन मन्डेलाको जन्म दक्षिण अफ्रिकाको ट्रान्स्की क्षेत्रमा पर्ने उमटाटा भन्ने ठाउँमा सन् १९१८ जुलाई १८ तारिखका दिन भएको थियो । नेल्सन मन्डेला दक्षिण अफ्रिकाका एक महान राजनीतिज्ञ हुन् । वास्तवमा उनी शोषण र उत्पीडनका विरुद्धमा सम्पूर्ण मानवजातिकै लागि संघर्षका प्रतिक एवम् प्रेरणाका स्रोत हुन् । म स्वाधिनता प्राप्तिका लागि जीवनपर्यान्त संघर्ष गरिरहन्छु । भन्ने मन्डेला एक स्वाभिमानी जननेता हुन् ।

    images
    images

    उनी दक्षिण अफ्रिकाका प्रथम राष्ट्रपति हुन् । मण्डेला सन् १९९४ देखि १९९९ सम्म दक्षिण अफ्रिकाका राष्ट्रपति थिए र पहिलो दक्षिण अफ्रिकी राष्ट्रपति हुन् जो बहुसम्मिलित चुनावमा सबैबाट चुनिएका थिए ।

    राष्ट्रपति हुनु अघि उनी काला जातीका तर्फका कुशल कार्यकर्ता थिए र उम्खोन्तो वे सिज्वे का नेता थिए । जुन अफ्रिकन राष्ट्रिय कांग्रेसको भ्रातृसङ्गठन थियो । मण्डेलाले सन् १९९३ को नोबेल शान्ति पुरस्कार सहित चार दशकभन्दा बढी समयमा २५० भन्दा बढी सम्मानहरु पाइसकेका छन् ।

    दक्षिण अफ्रिकामा रहेको रंगभेद नीतिविरुद्ध संघर्षका कारण मन्डेलाले २७ वर्ष जेलमा बिताए। सन् १९९० मा जेलमुक्त भएको चार वर्षपश्चात् उनी राष्ट्रपति बने र एक कार्यकालपछि उनले सो पदका लागि फेरि प्रयास गरेनन् जुन अफ्रिकी राजनीतिमा विरलै देख्न पाइन्छ।उनी अफ्रिकामा देश र त्यहाँका अश्वेत जनताका हकहितका पक्षमा लामो समयसम्म संघर्ष गर्ने व्यक्तित्व हुन् ।

    उनले काला र गोराबीच भेदभावलाई अन्त्य गरी अफ्रिकी जनतालाई समानताको अधिकार प्रदान गर्ने एक अथक राजनीतिज्ञ योद्धा तथा प्रजातन्त्रप्रेमी कुशल शासक पनि हुन् । उनले जीवन धेरै संघर्ष गरे ।

    अन्तत उनी शोषित–पीडित जनताको मुक्तिको खातिर निरन्तर रुपमा लडेर सफलता प्राप्त गर्न सक्षम मन्डेलालाई एक सफल राजनीतिज्ञ भन्न सकिन्छ ।

    उनको मृत्यु २०१३, डिसेम्बर ५ मा भयो ।

    हेर्नुस् उनका २२ मननीय भनाईहरु

    १. शिक्षा एक त्यस्तो शक्तिशाली हतियार हो जसको प्रयोगले तिमीले संसार बदल्न सक्छौ ।

    २. स्वस्थ टाउको र स्वस्थ मुटुको संयोजन जहिले पनि भयानक हुन्छ । जब तिमी त्यसमा अलिकति ज्ञानको वा कलमको स्वाद मिसाउँछौ, त्यसपछि मान तिमीसँग केही विशेष छ ।

    ३. पछाडि बसेर नेतृत्व गरौं र अरुलाई यो ठान्न दिऔं कि उनीहरु नै अगाडि छन् ।

    ४. म महान कहिल्यै छैन, जबसम्म तिमी सोच्दैनौ सबै महान व्यक्ति भनेको सानै हुन्छ र सिकारु हुन्छ ।

    ५. सानो र आशावादी बनेर कसैले पनि जिन्दगी बाँच्ने सोच बनाएर कहिल्यै प्रगति हुँदैन बरु जहिले पनि म जिन्दगी बाँच्नका लागि सक्षम छु भनेर सोच्नु धेरै उत्तम हुन्छ ।

    ६. कहिल्यै नलडेर बाँच्नुमा भन्दा पटक – पटक लडेर उठ्नुमा जिन्दगीको धेरै खुशी मिल्छ ।

    ७. जब कसैले आफुले विश्वास गरेको जिन्दगी बाँच्नको लागि नकार्छ, तब ऊसँग जिन्दगीबाट बाहिर निस्कनु बाहेक अर्को कुनै विकल्प रहँदैन ।

    ८. सबैभन्दा पहिले त तिमी आफुसँग इमान्दार बन । आफुमा परिवर्तन नभएसम्म तिमीले कहिल्यै पनि समाजलाई प्रभावित पार्न सक्दैनौ ।

    ९. तिमी उभिने ठाउँ त तिमी बस्ने ठाउँमै निर्भर हुन्छ ।

    १०. मेरो सफलतालाई लिएर कसैले मनि मेरो मुल्याङ्कन नगर, मुल्याङ्कन गर्ने नै हो भने म कतिपटक लड्दै त्यहाँसम्म पुगें त्यसको मुल्याङकन गर ।

    ११. कोही पनि छालाको रंग, पृष्ठभूमि र धर्मका कारण अरुलाई घृणा गर्न जन्मेको हुँदैन । घृणा गर्नका लागि उसले सिकेकै हुनुपर्छ, यदि उनीहरु घृणा गर्न सिक्न सक्छन् भने माया गर्न पनि उनीहरुलाई सिकाइएकै हुन्छ ।

    १२. भनिन्छ, एकपटक जेलभित्र नपरेसम्म कसैले पनि देशलाई चिन्न सक्दैन । देशको मुल्याङ्कन गर्दा जहिल्यै पनि त्यहाँका उच्च वर्गीय नागरिकलाई भन्दा निम्न वर्गीय नागरिकलाई लिएर गर्नुपर्छ ।

    १३. कुनै ठूलो पहाड चढिसके पछि बल्ल थाहा हुन्छ कि, चढ्नका लागि अझै पनि थुप्रै पहाडहरू बाँकी नै छन् ।

    १४. कहिलेकाही नयाँ पुस्ताले पनि महान बन्ने अवसर प्राप्त गर्छ, तिमी त्यो नयाँ पुस्ता बन्न सक्छौ ।

    १५. मैले यो जाने की साहस भनेको नडराउनु मात्र रहेनछ यसको उल्टो डर माथी विजय पाउनु रहेछ । बहादुर त्यो होइन जो डराउदैन, बहादुर त त्यो हो जो डरको बाबजुदपनि अघी बढ्दछ ।

    १६. एउटा ठूलो पहाड चढेपछी बल्ल थाहा हुन्छ कि चढ्नका लागि अझ थुप्रै पहाडहरू बाँकी छन् ।

    १७. स्वतन्त्र हुनु मात्र जंजिरलाई उतार्नु होइन त्यसको उल्टो यस्तो जीवन जिउनु हो जसले अन्यको सम्मान तथा स्वतन्त्रता बढाइदिन्छ ।

    १८. जबसम्म काम समाप्त हुदैन तबसम्म त्यो असम्भव लाग्दछ ।

    १९. जब कुनै खुसियाली मनाइन्छ तब आफू पछि र दोश्रोलाई अघि राख्नु पर्दछ । जब खतराको समय आउँछ तब आफू अघि र दोश्रोलाई पछि राख्नुपर्दछ । तब मात्र जनताले तपाईको नेतृत्वको प्रशंसा गर्नेछन् ।

    २०. मेरो देशमा मान्छे पहिला जेल जान्छ र पछि राष्ट्रपति बन्दछ ।

    २१. तपाईंले कुनै काम गर्दै हुनुहुन्छ भने, जबसम्म काम समाप्त हुँदैन तबसम्म त्यो काम असम्भव लाग्दछ ।

    २२. जब तपाईं कुनै खुशीयाली मनाउँदै हुनुहुन्छ भने तब आफू पछि र दोश्रोलाई अघि राख्नुस् । जब खतराको समय आउँछ तब भने आफू अघि र दोश्रोलाई पछि राख्नुपर्दछ । अनि मात्र जनताले तपाईको नेतृत्वको प्रशंसा गर्नेछन् ।

    साताको लोकप्रीय