एनसेलको ‘इन्डलेस कुराकानी प्लस’अफरमा अफ नेट र अन नेट कल शुल्क घट्यो 

एनसेलको ‘इन्डलेस कुराकानी प्लस’अफरमा अफ नेट र अन नेट कल शुल्क घट्यो 

अर्थ डबली
बिहिवार, कार्तिक ६ २०७७
अर्थ डबली
बिहिवार, कार्तिक ६ २०७७ (अर्काइभ बाट)
  • एनसेलको ‘इन्डलेस कुराकानी प्लस’अफरमा अफ नेट र अन नेट कल शुल्क घट्यो 

    काठमाडौँ  / यस चाडपर्वको अवसरमा एनसेलक ाप्रिपेड ग्राहकले एनसेल नेटवर्क भित्र तथा अन्य नेटवर्कमा रहेका आफ्ना परिवार, आफन्त र साथीभाइसँग अब अझै सुलभ दरमा धेरै कुराकानी गर्न सकिने भएको छ । 

    images
    images

    एनसेल आजियाटा लिमिटेडले आफ्नो ‘प्लस’थिमअन्तर्गत रहेको ‘इन्डलेस कुराकानी प्लस’अफरमा बुधबारबाट (कार्तिक ०५) आकर्षक सुविधा थपेको छ । 

    जस अन्तर्गत भ्वाइस प्याक सुचारु गर्ने ग्राहकले अन्य नेटवर्कमा कर सहितमात्र रु १.२८ मा कुरा गर्न सक्छन् ।

    अन्य अवस्थामा एनसेल नेटवर्क बाहिरको नेटवर्कमा कलगर्दा रु २.५४ प्रतिमिनेट शुल्क लाग्दछ ।

    यसका साथै एनसेलले यही योजनाअन्तर्गत, भ्वाइस प्याक लिएर खपत गरेका ग्राहकका लागि एनसेल नेटवर्क भित्रको कल शुल्क पनि घटाएको छ । 

    इन्डलेस कुराकानी प्लस अन्तर्गत भ्वाइस प्याक लिएका ग्राहकले हरेक दिनको तोकिएको निश्चित मिनेट प्रयोग भइसकेको अवस्थामा मात्र रु ६४ पैसा प्रतिमिनेटमा एनसेल नेटवर्कभित्र कुराकानी गर्न सक्छन् ।

    अन्य अवस्थामा एनसेल नेटवर्क भित्र कल गर्दा विद्यमान रु २.५४ प्रतिमिनेट शुल्क लाग्दछ ।

    इन्डलेस कुराकानी प्लस अन्तर्गत प्रिपेड ग्राहकले ७ दिन, १५ दिन वा ३० दिनको समयावधि रहेको भ्वाइस प्याक आफ्नो आवश्यकता अनुसार सुचारु गर्न सक्छन् । 

    ७ दिन समयसिमा रहेको प्याकमा ग्राहकले मात्र रु ९५.७७ मा ७०० मिनेट अन नेट टक टाइम (७ दिनसम्म हरेक दिन १०० मिनेट टक टाइम ) प्राप्त गर्दछन् ।

    त्यस्तै गाहकले मात्र रु.१९१.५४ मा १५ दिने प्याक सुचारु गरी प्रत्येक दिन १२५ मिनेट र रु ३८१.७९ मा ३० दिनको प्याक लिएर हरेक दिन १५० मिनेट अन नेट टक टाइमको फाइदा लिन सक्छन् । 

    प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ७ ह्यास डायल गरी निर्देशन अनुसार प्याक सुचारु गर्न सक्छन् । 

    ग्राहकले एसएमएसबाट पनि प्याक सुचारु गर्न सक्छन् । जस्तै ७  दिनको प्याक लिनका लागि ग्राहकले १०० टाइप गरी अंग्रेजी ठुलो अक्षरमा पिडी लेखि १७११८ मा एसएमएस पठाएर प्याक सुचारु गर्न सक्छन् । 

    चाडवाडको अवसरमा आफ्ना प्रिपेड ग्राहकका लागि भ्वाइस प्याकमा थप सुविधा सहित अन्य नेटवर्कमा र एनसेल नेटवर्क भित्रै पनि अझै सुलभ दरमा भ्वाइस सेवा सुनिश्चित गर्न पाएकोमा कम्पनी निकै हर्षित रहेको एनसेलले जनाएको छ । 

    आकर्षक भ्वाइस प्याकमा अझै बढि सेवा सुविधाले ग्राहकलाई थप मुल्य प्रदान गर्दै चाडपर्वको समयमा शुभकामना आदान प्रदान गर्न तथा आफ्ना परिवार, आफन्त र साथीभाइसँग अझै सुलभ दरमा सम्पर्कमा रहिरहन मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ । 

    आफ्नो थिम ‘प्लस’अन्तर्गत नै रहीएनसेलले वायरफ्रीप्लस वाइफाइ, आफ्ना फोरजी ग्राहकका लागिआकर्षक ननस्टप युट्युब प्लसका साथै इण्डलेस कुराकानी प्लस, नयाँ सजिलो सिम र अल्ट्रा वाइफाइ सिमप्लस योजनाहरु ल्याइसकेको छ ।

    ‘प्लस’थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको छ ।

    साताको लोकप्रीय