शिवम् सिमेन्टद्वारा निर्माणकर्मीहरूको लागि दुर्घटना बीमासहित अन्तर्क्रिया कार्यक्रम सम्पन्न

शिवम् सिमेन्टद्वारा निर्माणकर्मीहरूको लागि दुर्घटना बीमासहित अन्तर्क्रिया कार्यक्रम सम्पन्न

अर्थ डबली
बिहिवार, मंसिर २ २०७८
अर्थ डबली
बिहिवार, मंसिर २ २०७८ (अर्काइभ बाट)
  • शिवम् सिमेन्टद्वारा निर्माणकर्मीहरूको लागि दुर्घटना बीमासहित अन्तर्क्रिया कार्यक्रम सम्पन्न

    काठमाडौँ / शिवम् सिमेन्ट लिमिटेडले देशका विभिन्न स्थानहरूमा दक्ष प्राविधिकद्वारा निर्माणकर्मीहरुसँग परामर्श तथा अन्तर्क्रिया  कार्यक्रम सम्पन्न गरेको छ  । 

    images
    images

    कम्पनीले उक्त अन्तर्क्रिया कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथ साथै हरेक सहभागी निर्माणकर्मीहरूको लागि ५ लाख बराबरको दुर्घटना बीमा गरी विमा पोलिसी सोही कार्यक्रम मार्फत हस्तान्तरण गरेको हो ।

    दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरूले हरेक दिन जोखिमपूर्ण कार्यहरू गर्दै आइरहेको भन्दै कम्पनीले सो जोखिमलाई मध्यनजर राख्दै निर्माणकर्मीहरूको लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको हो । 

    देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तर्क्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकर्मीहरूको लागि रु ५ लाख बराबरको जोखिम बहन गर्ने गरी बीमा गरेको थियो । 

    कम्पनीले पहिलो चरण अन्र्तगत हालसम्म काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्ला लगायतका विभिन्न १६ स्थानमा १ हजार भन्दा बढि निर्माणकर्मीहरूसँग प्राविधिक अन्तक्रिया गरी उनीहरूको जोखिम बीमा गराइसकेको जानकारी दिएको छ । 

    उक्त अन्र्तक्रिया कार्यक्रममा दक्ष एबम् अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहु आईपर्ने निर्माण सम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराइएको थियो । 

    उक्त कार्यक्रममा सम्बन्धित क्षेत्रका शिवम् सिमेन्टका वितरकहरू, उद्योगी, व्यवसायी लगायतका उपस्थिति रहेको थियो ।
    शिवम् सिमेन्टले आगामी दिनहरूमा समेत शिवम् सिमेन्टका विक्रेताहरूसँगको समन्वयमा यस अन्तक्रिया तथा निशुल्क विमा कार्यक्रम  निरन्तर सञ्चालन गर्ने कम्पनीले जनाएको छ । 

    योसँगै शिवम् सिमेन्टले निरन्तर रुपमा विक्रि पछिको निःशुल्क प्राविधिक सेवा समेत दिदै आहिरहेको छ । निःशुल्क दक्ष प्राविधिक सेवा लिनको लागि टोल फ्रि.नं. १६६००१२३३२१ (एनटिसी) ९८०१५७५५७५  (एनसेल) मा सम्पर्क गर्न सकिने छ । 

    “भरोसा अटुट सम्बन्धको”, “गुणस्तरको पहिचान हो शिवम्”, “गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ” तथा “ क्वालिटीको मामलामा नो कम्प्रमाइज, जस्ता मुल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ । 

    देशको विभिन्न ठुला–ठुला राष्ट्रिय गौरवका आयोजनाहरूमा आफ्नो महत्वपुर्ण भुमिका निभाउदै आएको शिवम् सिमेन्टको उत्पादन गुणस्तरिय भएको प्रमाणित भई सिमेन्ट जगतमै पहिलो पटक एनएस क्वालिटी अवार्ड २०१९ प्रथमबाट सम्मानित भएको थियो ।

    shivam.JPG

    ओपिसी सिमेन्ट मात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असल ओपिसी इएऋ सिमेन्ट बन्न सफल भएको हो ।

    नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा आइएसआई, युआरएस प्रमाणित आइएसओ सर्टिफिकेट प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।

    साताको लोकप्रीय