सिटिजन्स बैंक इन्टरनेसनल डिजिटल बैंकिङ्गमा अग्रसर, यस्ता छन् नयाँ सुविधाहरु

सिटिजन्स बैंक इन्टरनेसनल डिजिटल बैंकिङ्गमा अग्रसर, यस्ता छन् नयाँ सुविधाहरु

अर्थ डबली
बुधवार, मंसिर ८ २०७८
अर्थ डबली
बुधवार, मंसिर ८ २०७८ (अर्काइभ बाट)
  • सिटिजन्स बैंक इन्टरनेसनल डिजिटल बैंकिङ्गमा अग्रसर, यस्ता छन् नयाँ सुविधाहरु

    काठमाडौं/ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मोबाइल बैंकिङ्गमार्फत सी Þआर Þएन तथा डिम्याट नम्बर बिबरण हेर्ने सुबिधाको सुरुवात गरेको छ । 

    images
    images

    बैंकले आफ्ना बैंकिङ्ग सेवाहरु मोबाइल फोन तथा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी ओम्नी च्यानलमा स्त्तरोन्नती गरे पश्चात यो सेवाको सुरुवात गरेको हो । 

    सेवा प्रारम्भ भएसँगै प्राथमिक शेयर निश्कासनको समयमा आवश्यक सी Þआर Þएन नं याद गरिरहन पर्ने झन्जटबाट ग्राहकहरु मुक्त हुने विश्वास बैंकले गरेको छ । 

    हालको मोबाइल बैंकिङ्ग एपलाई स्तरोन्नती गर्दै बैंकले सिटिजन्स बैकमा खाता भएका एवं नभएका ग्राहकहरुलाई समेत लक्षित गर्दै बिना चेक इ क्यास पठाउने, रकम जम्मा गर्न इ भौचर प्रयोग गर्ने लगायतका सुबिधा समेत थप गरेको छ । 

    यसका साथै ग्राहकहरुले मुद्दति खाता खोल्ने, खाताको बिबरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने,  क्यूआर कोड मार्फत भुक्तानी गर्ने लगायतका उपयोगी सेवा प्राप्त गर्न सक्नेछन् । 

    यस स्तरोन्नत्तिसँगै अब बैंकका ग्राहकहरुले बैंकमा नगई मोवाईल वा कम्प्यूटरका माध्यमबाट घरमै बसीबसी बिभिन्न बैंकिङ्ग सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्ने बिश्वास समेत बैंकले लिएको छ । 

    सटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४  वटा शाखा,  १२३  वटा ए.टिएम. र ११३   वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२  लाख ५० हजार  ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

    कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्वनै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ । 

    यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड वीथड्र सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनी गरेको छ । 

    साथै, कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहक महानुभावहरुलाई सकेसम्म बैंकमा नआइकनै बैकिङ्ग सुबिधा प्राप्त गर्न सहज होस् भनी यस बैंकमा बचत खाता संचालन गर्दै आउनुभएका ग्राहकहरुलाई बैंकको मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, शेयर कारोबारको सहजीकरणका लागि डि—म्याट तथा आस्बा सेवा,कार्ड लगायतका विद्मुतिय भुक्तानीका माध्यमहरुमा पहिलो बर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाइएको छ । 

    यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने,  डिजिटल बैंकिङ्ग सभ्यताको विकास भई  कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

     

    साताको लोकप्रीय