देशको अर्थतन्त्रलाई उकास्ने निर्यात व्यवसायीको प्रतिबद्धता

देशको अर्थतन्त्रलाई उकास्ने निर्यात व्यवसायीको प्रतिबद्धता

अर्थ डबली
शनिवार, माघ १७ २०७७
अर्थ डबली
शनिवार, माघ १७ २०७७ (अर्काइभ बाट)
  • देशको अर्थतन्त्रलाई उकास्ने निर्यात व्यवसायीको प्रतिबद्धता

    काठमाडौँ / निर्यात व्यवसायी महासङ्घ नेपालले आयात प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धन गरी देशको अर्थतन्त्रलाई उकास्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

    images
    images

    आज यहाँ भएको महासङ्घको प्रथम वार्षिकोत्सवमा उक्त संस्थाले निर्यातमैत्री वातावरण बनाउन सम्बद्ध पक्षसँग आग्रह गर्दै राष्ट्रिय अर्थतन्त्रको उन्नयनका लागि नीति निर्माणमा विशेष ध्यान दिन सरकारसँग अनुरोध पनि गरेको छ । 

    महासङ्घका अध्यक्ष रामबहादुर गुरुङले आगामी तीन वर्षभित्रमा निर्यात व्यापारलाई देशको अर्थतन्त्रको खम्बाको रुपमा स्थापित गर्दै राष्ट्रको आर्थिक–सामाजिक अवस्था सुधार गर्ने रणनीति प्रस्तुत गरे । 

    उनले आर्थिक कूटनीतिको प्रभावकारी सञ्चालनबाट नेपाली उत्पादनहरूलाई अन्तर्राष्ट्रिय बजारमा पु-याउन सकिने बताउँदै सम्बद्ध सरकारी निकायलाई त्यसदिशामा क्रियाशील रहन आग्रह गरे। 

    निर्यात व्यवसायमा संलग्न १९ वटा साझा संस्थाको सामूहिक मञ्च महासङ्ले निर्यात प्रवद्र्धनका निम्ति एकद्वार प्रणाली, वित्तीय सहयोग, रुग्ण उद्योगको संरक्षणलगायत विषयमा सघाउन सरकारसँग माग गरेको छ । 

    साताको लोकप्रीय