सिन्धुलीबाट सिभिल बैंकले शुरु गर्यो नगदरहित अभियान, गभर्नर अधिकारीले गरे उद्घाट्न

सिन्धुलीबाट सिभिल बैंकले शुरु गर्यो नगदरहित अभियान, गभर्नर अधिकारीले गरे उद्घाट्न

अर्थ डबली
शुक्रवार, माघ ३० २०७७
अर्थ डबली
शुक्रवार, माघ ३० २०७७ (अर्काइभ बाट)
  • सिन्धुलीबाट सिभिल बैंकले शुरु गर्यो नगदरहित अभियान, गभर्नर अधिकारीले गरे उद्घाट्न

    सिन्धुली / समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले नगदरहित अभियानको थालनी गरेको छ । बैंकले सिन्धुलीको सिन्धुलीमाढीमा आयोजित एक कार्यक्रमबाट सो अभियानको थालनी गरेको हो । 

    images
    images

    प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले टेम्पूको भाडा, कमलामाई मन्दिरमा भेटी तथा जुनार खरिदको मुल्य सबै क्युआर कोड मार्फत भुक्तानी गरी उक्त अभियानको उद्घाटन गरेका हुन् । 

    maha prasad adhikari gavarner.JPG

    सिन्धुली  क्षेत्रमा चल्ने ७४ वटा टेम्पू (तीन पाङ्ग्रे सवारी) तथा ३४ वटा अन्य विभिन्न ब्यापारीहरुलाई क्युआर कोड वितरण गरेको छ । 

    civil bank news0.JPG

    सो कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, कार्यकारी निर्देशक भूवन कडेँल, नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय जनकपुरका प्रमुख निर्देशक दुर्गेश गोपाल श्रेष्ठ, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, नायव प्रमुख कार्यकारी अधिकृत सुनील कुमार पोखरेल, डिपोजिट तथा ट्रान्जेक्सन बैकिंग प्रमुख भोला बहादूर विष्ट, बागमति प्रदेशका प्रमुख सुरज दाहाल, कमलामाई नगरपालिका मेयर खड्ग खत्री, उ.वा.संघ सिन्धुलीेका वरिष्ठ उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ, टेम्पू यातायात व्यवसायीहरु लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, नागरिक समाज, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो । 

    civil bank news.JPG

    सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हाल विद्यमान कोरोनाको महामारीमा आफूलाई जोगाउन मात्र नभई नोट छपाई गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाता भन्ने अभियानलाई समेत आत्मसात गर्न पनि नगदरहित अभियान अपरीहार्य कुरा भएको बताए । साथै नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्युआर कोडलाई सर्वव्यापी रुपमा लैजानु पर्ने पनि वताए । 

    सिभिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुनील कुमार पोखरेलले आफ्नो स्वागत मन्तव्यमा क्युआर कोड प्रविधिको प्रकृया तथा प्रभावकारीता बारेमा प्रस्ट्याएका थिए । 

    Civil bank news1.JPG

    बैंकले आफ्नो ग्राहकहरुलाई क्युआर कोडको प्रयोग गरी विद्युत्तीय प्रणाली मार्फत विभिन्न किसिमका नगद रहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्दै आएकोमा यसरी नै यातायातका अन्य माध्यमहरुमा पनि क्युआर कोडलाई अझ सशक्त रुपमा देशव्यापी रुपमा लैजाने र आगामी दिनहरुमा पनि यस्तै खालको सेवाहरु ल्याउँदै जाने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । 

    civil news.JPG

    करीव पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ६ एक्सटेन्सन काउन्टर मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करीव रु. ७८ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ७१ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।

    साताको लोकप्रीय