एनसेलले ल्यायो महिलाहरुका लागि ‘गो सिम’ योजना, यस्ता छन् विशेष सुविधा

एनसेलले ल्यायो महिलाहरुका लागि ‘गो सिम’ योजना, यस्ता छन् विशेष सुविधा

अर्थ डबली
मंगलवार, कार्तिक ४ २०७७
अर्थ डबली
मंगलवार, कार्तिक ४ २०७७ (अर्काइभ बाट)
  • एनसेलले ल्यायो महिलाहरुका लागि ‘गो सिम’ योजना, यस्ता छन् विशेष सुविधा

    काठमाडौँ / एनसेल आजियाटा लिमिटेडले महिलाहरुका लागि ‘अघि बढौं’ भन्ने थिममा ‘गो सिम’ योजना ल्याएको छ। 

    images
    images

    आकर्षक बन्डल सेवाहरु, हरेक रिचार्जमा बोनस, आपतकालीन अवस्थाका बेला पछि शुल्क तिर्ने गरी टक टाइम र एमएमएस सेवा लिन पाइने, निश्चित नम्बरमा निःशुल्क कल सेवा लगायतका सविधा भएको उक्त सिम  महिलाहरुका लागि ल्याइएको हो।

    ग्राहकले कात्तिक १ देखि नजिकैको एनसेल सेन्टर वा खुद्रा बिक्रेताबाट ९९ रुपैयाँमा खरिद गर्न सक्ने एनसेलले जानकारी दिएको छ । 

    गो सिमको खरिदसँगै ग्राहकले २० रुपैयाँको मेन ब्यालेन्स,  सात दिनको समयसीमा रहेको २०० एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० वटा एसएमएस प्राप्त गर्ने पनि कम्पनीले जानकारी दिएको छ।

    ग्राहकले गो सिममार्फत दामी म्युजिक तथा हंगामा म्युजिक प्रो ३० दिनसम्म निःशुल्क सुचारु गर्न सक्ने पनि कम्पनीले जानकारी दिएको छ।

    ग्राहकले यो सिम सुचारु भएको अर्को दिनको मध्यरातसम्ममा गरेको पहिलो १०० रुपैयाँ वा त्यसभन्दा बढीको रिचार्जमा १०० मिनेट अन नेट टक टाइम र १०० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ। यसरी प्राप्त बोनस एक सातासम्म मान्य हुने कम्पनीले जानकारी दिएको छ । 

    एनसेल आजियाटा लिमिटेडका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने ‘महिलाहरुका लागि विशेष रूपमा डिजाइन गरिएको यस प्रकारको पहिलो महिला केन्द्रित प्याक सुरु गर्न पाएकोमा हामी धेरै खुसी छौं ।’

    उनले बन्डल सेवादेखि लिएर आपतकालीन अवस्थाका लागि सञ्चार सेवा, सुरक्षाको लागि एसएमएस सेवा र महिलाका क्षेत्रमा काम गर्ने संस्थामा निःशुल्क कल सेवा जस्ता थुप्रै सुविधाहरू रहेको समेत जानकारी दिए।

    उनले अगाडि भने ‘यो प्याक ल्याउनुको प्रमुख कारणहरु मध्ये महिला सुरक्षा एक हो। यसले महिला वर्गलाई दुरसञ्चार सेवा सुनिश्चित गर्ने मात्र नभई यसमा उपलब्ध सेवा, सुविधा तथा सुरक्षाको हिसाबले समेटिएको विषेशताले महिला सशक्तिकरणमा सहयोग पुर्‍याउने विश्वास लिएका छौं ।’

    महिलाहरुलाई दूरसञ्चार सेवाको पहुँच सुनिश्चित गर्दै यसको लाभ प्रदान गर्ने उद्देश्यअनुरुप ल्याइएको गो सिम अन्तर्गत ग्राहकले सिम खरिद गरेको दिनदेखि १२ महिनासम्म हरेक रिचार्जमा १० प्रतिशत बोनस प्राप्त गर्ने पनि कम्पनीले जानकारी दिएको छ।

    यसका साथै यो सिम लिने ग्राहकका लागि अपलकालीन सञ्चार सेवाका लागि विशेष सुविधा रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

    यसअन्तर्गत ग्राहकले आफ्नो मेन ब्यालेन्स ५ रुपैयाँभन्दा कम भएको अवस्थामा लाग्ने शुल्क पछि तिर्नेगरी १० मिनेट अन नेट टक टाइम तथा १० वटा एसएमएस आपतकालीन सञ्चार सेवाका रुपमा सजिलै लिन सक्ने कम्पनीले जनाएको छ। ग्राहकले आफ्नो सिम रिचार्ज गरेपछि यस सेवाबापतको करसहित  १० रुपैयाँ मेन ब्यालेन्सबाट काटिने जनाएको छ।

    गो सिम प्रयोगकर्ताले एस्ट्रिक्स १७१८० ह्यास डायल गर्ने बित्तिकै आफूले छानेका तीन नम्बरहरुमा पूर्वनिर्धारित आपतकालीन सन्देश ‘अर्जेन्ट आइ निड हेल्प। प्लीज कल’ एसएमएस आपतकालीन सन्देशका रूपमा गो सिम प्रयोगकर्ताको नम्बरसहित स्वतः जानेछ।

    ग्राहकले यसरी आपतकालीन सन्देश प्रवाह गर्नपर्ने तीन नम्बरहरु एस्ट्रिक्स १७१८० एस्ट्रिक्स १ ह्यास डायल गरी सजिलै राख्न, हटाउन वा परिवर्तन गर्न सक्ने पनि एनसेलले जानकारी दिएको छ। यो सेवा ग्राहकले आपलकालीन अवस्थामा मात्र आवश्यक सहयोगको लागि प्रयोग गर्नु पर्ने कम्पनीले जानकारी दिएको छ।

    यस सिम प्रयोग गर्ने कोही पनि महिलाले महिलाका क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुमा महिनामा ६० मिनेटसम्म निःशुल्क कल गर्न सक्ने सुविधासमेत छ। यसबाट महिलाहरुले आफूलाई आवश्यक परामर्श सजिलै लिन सकिने कम्पनीको दाबी छ । 

     

     

    साताको लोकप्रीय