सिटिजन्स बैंकसँग अलिव कबाव सुलतानेट रेस्टुरेन्टको एक सम्झौता, बैंकका ग्राहले पाउनेछन् यस्ता छुट सुविधाहरु 

सिटिजन्स बैंकसँग अलिव कबाव सुलतानेट रेस्टुरेन्टको एक सम्झौता, बैंकका ग्राहले पाउनेछन् यस्ता छुट सुविधाहरु 

अर्थ डबली
मंगलवार, चैत १० २०७७
अर्थ डबली
मंगलवार, चैत १० २०७७ (अर्काइभ बाट)
  • सिटिजन्स बैंकसँग अलिव कबाव सुलतानेट रेस्टुरेन्टको एक सम्झौता, बैंकका ग्राहले पाउनेछन् यस्ता छुट सुविधाहरु 

    काठमाडौं/  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र टङ्गाल र काठमाडौंस्थित अलिव कबाव सुलतानेट रेस्टुरेन्टबीच  एक सम्झौता भएको छ । 

    images
    images

    सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

    मध्यपूर्वी भोजनको विशिष्ट स्वाद नेपालमै पस्कने उद्देश्यको साथ खुलेको अलिव कबाव सुलतानेटसँगको सहकार्य पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ । 

    हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको पनि व्यवस्था गरेको छ ।
    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गरिरहेको छ । 

    citizen bank international.JPG

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटली च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ ।
     यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड वीथड्र सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनी गरेको छ । 

    डिजिटल बैंकिङ्ग सभ्यताको विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । व्यवसायिक ज्ञानको कमी, वित्तीय बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसँग परिचित नहुनु तथा व्यवसायिक तालिम र अभिमुखीकरणको  अपर्याप्तता, उचित परामर्शको अभाव, वित्तीय साक्षरता र पहुँचको कमीले लगानीयोग्य पुंजी सदुपयोग हुन नसकेको परिस्थितिलाई न्युनिकरण गर्न यस बैंकले वित्तीय साक्षरताका कार्यक्रमहरुका साथसाथै सुलभ र सहज तवरले सहुलियतपूर्ण कर्जा प्रवाह पनि गर्दै आएको छ । 

    साताको लोकप्रीय