गरिमा विकास बैंकको नाफा ४२.९७ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति पुग्यो ?  

गरिमा विकास बैंकको नाफा ४२.९७ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति पुग्यो ?  

अर्थ डबली
शुक्रवार, साउन २९ २०७८
अर्थ डबली
शुक्रवार, साउन २९ २०७८ (अर्काइभ बाट)
  • गरिमा विकास बैंकको नाफा ४२.९७ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति पुग्यो ?  

    काठमाडौँ / गरिमा विकास बैंकले हिजो बिहीबार गत आर्थिक वर्ष २०७७/०७८को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । वित्तीय विवरणअनुसार बैंकले असार मसान्तसम्मा खुद मुनाफा रकम ४२.९७ प्रतिशतले बृद्धि गरेको छ । 

    images
    images
    images

    अघिल्लो आर्थिक बर्ष २०७६/०७७ मा ५७ करोड ७२ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा कमाएको बैंकले गत असार मसान्तसम्ममा भने यो रकममा बृद्धि गरी ८२ करोड ५२ लाख ८८ हजार रुपैयाँ पुर्याएको छ । 

    समीक्षा अवधिसम्ममा अधिकांश सूचकमा सुधार गर्न सफल यस बैंकले ६३ अर्ब ९० करोड २० लाख ८७ हजार रुपैयाँ निक्षेप सङ्कलन गरेर ५१ अर्ब ८० करोड ५५ लाख ३९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

    अघिल्लो आ.व.को तुलनामा समीक्षा अवधिमा बैंकले निेक्षेप ५०.६० प्रतिशत र कर्जा लगानी ४८.६० प्रतिशतले बढाएको हो । 

    बैंकले वितरणयोग्य मुनाफा रकम पनि ७६.८९ प्रतिशतले बृद्धि गरी समीक्षा अवधिमा ६० करोड ५७ लाख १२ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो आ.व.को चौथौ त्रैमासमा बैंकको वितरणयोग्य मुनाफा रकम ३४ करोड २४ लाख १९ हजार रुपैयाँ रहेको थियो । 

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.३७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४३.८४ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ३८.३७ प्रतिशत बढेको छ भने नेट फि कमिशन आम्दानी ३७.७१ प्रतिशत बढेको छ।

    बैंकको जगेडा कोष रकम ४६.०३ प्रतिशत बढेको छ। भने प्रतिशेयर आम्दानी अघिल्लो आर्थिक वर्षमा १७.८२ रुपैयाँ रहेकोमा गत आ.व.मा ४ रुपैयाँ ६३ पैसा बढेर २२ रुपैयाँ ४५ पैसा पुगेको छ।

    समीक्षा अवधिमा बैंकको खराब कर्जा २.५० प्रतिशतले घटेको छ । अघिल्लो आ.व.को चौथो त्रैमासमा ०.७९ प्रतिशत खराब कर्जा रहेको बैंकले गत आ.व.को सोही अवधिमा २.५० प्रतिशतले घटाएर ०.७२ प्रतिशतमा झारेको छ । त्यस्तै, असार मसान्तसम्ममा स्प्रेड दर ४.५ प्रतिशत, प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ १ पैसा रहेको छ।

    Report Garima bank.JPG

    साताको लोकप्रीय