नेप्से दोहोरो अंकले बढ्यो तर कारोबार रकम ९७ कराडमै सीमित, हाइड्रोको बजारमा फर्कियो उत्साह

नेप्से दोहोरो अंकले बढ्यो तर कारोबार रकम ९७ कराडमै सीमित, हाइड्रोको बजारमा फर्कियो उत्साह

अर्थ डबली
सोमवार, कार्तिक ३ २०७७
अर्थ डबली
सोमवार, कार्तिक ३ २०७७ (अर्काइभ बाट)
  • नेप्से दोहोरो अंकले बढ्यो तर कारोबार रकम ९७ कराडमै सीमित, हाइड्रोको बजारमा फर्कियो उत्साह

    काठमाडौँ / साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १३.५८ अंकले बढेर एक हजार ५७०.३८ बिन्दुमा पुगेको छ । 

    images
    images

    अघिल्लो कारोबार दिन आइतबार ५.६६ अंकले घटेको बजारमा एक अर्ब २५ करोड २७ लाख ४८ हजार १८१ मूल्य बराबरको शेयर खरिदबिक्री भएकोमा नेप्से बढे पनि कारोबार रकम खुम्चिएको छ । 

    आजको बजारमा कूल १८९ ओटा कम्पनीको १५ हजार ४७८ पटकको व्यापारमा ३३ लाख ५३ हजार २०१ कित्ता शेयर मात्रै किनबेच भएको छ भने ९७ हजार ९० लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

    गत साता निरन्तर गिरावट आएको हाइड्रो पावर कम्पनीको शेयरमा भने पुनः उत्साह बढेको छ । दशैँ नजिकिदैँ जाँदा पनि शेयर बजारमा उत्साह फर्किनु निकै सकारात्मक रहेको विश्लेषकहरु बताउँछन् । 

    यद्यपि आज रकममा भने सुधार आउन सकेको देखिदैन । नेप्सेको अनुसार लगानीकर्ताहरुले कम मूल्यको शेयरप्रति आकर्षित भएको देखिएको छ । 

    आज ठूला कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स २.६२ प्रतिशतले बढेर ३१०.९० बिन्दुमा उक्लिएको छ । यो दिन कारोबारमा आएका व्यापार समूहको परिसूचक ०.१६ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचकमा हरियाली छाएको छ ।

    केही समययता निरन्तर गिरावट आएको हाइड्रोको शेयर बजार पुनः चम्किएको छ । यसदिन हाइड्रो पावर समूहको परिसूचकमा ३.३१ प्रतिशतको उछाल आएको हो । 

    त्यस्तै, वित्त समूह १.९८ प्रतिशत, विकास बैंक समूह १.५० प्रतिशत, निर्जीबन बीमा समूह १.२९ प्रतिशत, होटल समूह ०.८२ प्रतिशत, अन्य समूह ०.७५ प्रतिशत, बैंकिङ समूह ०.६२ प्रतिशत, जीवन बीमा समूह ०.५४ प्रतिशत, म्यचुअल फण्ड समूह ०.३७ प्रतिशत, लघुवित्त समूह ०.२४ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.२४ प्रतिशतले बढेको छ । 

    आज कारोबारमा आएकामध्ये सबैभन्दा बढी जनरल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ९.९० प्रतिशतले बढेको छ । उक्त कम्पनीको शेयरमूल्य आज ४० रुपैयाँले बढेर अन्तिम मूल्य प्रतिकित्ता ४४४ रुपैयाँ पुगेको हो । 

    युनियन हाइड्रोपावरको शेयरमूल्य ९.८२ प्रतिशत, घलेम्दी हाइड्रोको शेयरमूल्य ९.७३ प्रतिशत, अपि पावर कम्पनीको ९.६३ प्रतिशत र दिव्यश्वोरी हाइड्रोपावरको शेयरमूल्य ९.०१ प्रतिशतले बढेको छ ।

    आज गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य सबैभन्दा बढी १.९१ प्रतिशतले घटेको छ भने नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको शेयरधनीहरुले पनि १.६४ प्रतिशतले गुमाएका छन् । 

    सोमबारको कारोबार रकममा अपि पावर कम्पनीको कारोबार रकम सबैभन्दा बढी रहेको छ । उक्त कम्पनीको ४ करोड ४ लाख ९३ हजार रुपैयाँ, अरुण कावेली पावरको ३ करोड ५५ लाख ५८ हजार रुपैयाँ, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको ३ करोड ५० लाख ५६ हजार रुपैयाँ, हिमालयन बैंकको ३ करोड ३८ लाख ५ हजार रुपैयाँ र नागरिक लगानी कोषको ३ करोड ९८ लाख एक हजार रुपैयाँबराबरको कारोबार भएको छ । 

    साताको लोकप्रीय