आज विहिबार सुनको मूल्यमा रु एक हजार ६०० वृद्धि

आज विहिबार सुनको मूल्यमा रु एक हजार ६०० वृद्धि

अर्थ डबली
बिहिवार, मंसिर १८ २०७७
अर्थ डबली
बिहिवार, मंसिर १८ २०७७ (अर्काइभ बाट)
  • आज विहिबार सुनको मूल्यमा रु एक हजार ६०० वृद्धि

    काठमाडौं/  स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक हजार ६०० ले उकालो लागेको छ । 

    images
    images

    बुधबारका तुलनामा आज छापावाला सुन प्रतितोला रु एक हजार ६०० ले वृद्धि भई रु ९२ हजार ६०० मा कारोवार भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९१ हजारमा कारोवार भएको थियो । 

    यस्तै तेजाबी सुन पनि तोलामा रु एक हजार ६०० ले नै वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।   

    प्रतितोला रु ९० हजार ५५० मा बुधबार कारोवार भएको तेजाबी सुन आज प्रतितोला रु ९२ हजार १५० मा खरीदबिक्री हुने गरी मूल्य निर्धारण गरिएको छ । 

    यस्तै चाँदीको मूल्य प्रतितोला रु २० ले वृद्धि भएको छ । प्रतितोला रु एक हजार १८५ मा बुधबार कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २०५ मा खरीदबिक्री भएको छ । 

    साताको लोकप्रीय