मिसिल व्यवस्थापन र प्रमाण भण्डारण कक्ष निर्माण 

मिसिल व्यवस्थापन र प्रमाण भण्डारण कक्ष निर्माण 

अर्थ डबली
बिहिवार, मंसिर ९ २०७८
अर्थ डबली
बिहिवार, मंसिर ९ २०७८ (अर्काइभ बाट)
  • मिसिल व्यवस्थापन र प्रमाण भण्डारण कक्ष निर्माण 

    वीरगञ्ज / जिल्ला प्रहरी कार्यालय पर्साले मुद्दा शाखाको काम थप प्रभावकारी बनाउन  मिसिल व्यवस्थापन तथा सबुत प्रमाण भण्डारण कक्ष निमार्ण गरेको छ । 

    images
    images

    सखुवा प्रसौनी गाउँपालिकाको रु १२ लाखको सहयोगमा प्रहरी कार्यालय परिसरमा कक्ष स्थापना गरिएको हो । 

     नवनिर्मित कक्षमा मिसिल, असिमित हदम्याद भएका फाइल र सबुत प्रमाण राख्ने स्थान छुट्टाछुट्टै व्यवस्थापन गरिएको छ ।

      कक्ष स्थापनापछि मुद्दा शाखालाई व्यवस्थित गर्न सहयोग पुगेको प्रहरी निरीक्षक कुशल बर्तौलाले जानकारी दिए । भवन निमार्णका लागि सखुवाप्रसौनी गाउँपालिकाले सहयोग गरेको हो । 

    भण्डारण कक्षमा मिसिल र सबुत प्रमाण राख्नका लागि आवश्यक दराजलगायत सामग्रीको बन्दोबस्त  विध्यवासिनी गाउँपालिका र निम्बस ग्रुपलले गरेको हो । 

     गाउँपालिकाले रु तीन लाख तथा निम्बस ग्रुपले रु पाँच लाख ७० हजारको सामग्री सहयोग गरेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

    साताको लोकप्रीय