माछापुच्छ्रे बैंकको सहयोगमा नारायणहिटि दरबार संग्रहालयमा मोबाईल लकरको व्यवस्था 

माछापुच्छ्रे बैंकको सहयोगमा नारायणहिटि दरबार संग्रहालयमा मोबाईल लकरको व्यवस्था 

अर्थ डबली
बिहिवार, मंसिर ९ २०७८
अर्थ डबली
बिहिवार, मंसिर ९ २०७८ (अर्काइभ बाट)
  • माछापुच्छ्रे बैंकको सहयोगमा नारायणहिटि दरबार संग्रहालयमा मोबाईल लकरको व्यवस्था 

    काठमाडौं/ माछापुच्छ्रे बैंकले नारायणहिटि दरबार संग्रहालय घुम्न आउने आगुन्तकहरुको लागि मोबाईल लकर नारायणहिटि दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा संचालन विकास समितिलाई हस्तान्तरण गरेको छ । 

    images
    images

    नारायणहिटि दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा संचालन विकास समितिको आज विहिबार भएको एक औपचारिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागारिक उड्डयन  मन्त्रालयका सचिव यादव प्रसाद कोईला र माछापुच्छ्रे  बैंकका अध्यक्ष डा.वीरेन्द्र प्रसाद महतोले उक्त मोबाईल लकरको संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका थिए । 

    आगुन्तकहरुले अब दरबार संग्रहालय घुम्न आउदाँ आफ्नो मोबाईल फोन लकरमा  सुरक्षित राखी निस्फित्री भएर भ्रमण गर्न सक्नेछन् । 

    माछापुच्छ्रे । बैंक लिमिटेडले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६२ बटा शाखाहरु र १५४ शाखारहित बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ । यस्तै, बैंकले ६ एक्सटेन्सन काउण्टर बाट समेत गरी जम्मा ३२२ स्थानवाट १० लाखभन्दा बढि ग्राहकहरुले सेवा लिइरहेका छन् । 

    साथै, बैंकको देशभर २०० बटा एटीएमहरु संचालनमा रहेको छन् ।

     

    साताको लोकप्रीय