थप २८५६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ४५ हजार नाघ्यो 

थप २८५६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ४५ हजार नाघ्यो 

अर्थ डबली
आइतवार, कार्तिक ९ २०७७
अर्थ डबली
आइतवार, कार्तिक ९ २०७७ (अर्काइभ बाट)
  • थप २८५६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ४५ हजार नाघ्यो 

    काठमाडौँ / नेपालमा थप २ हजार ८५६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । 

    images
    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार ३११ जनाको परीक्षण गरिएको थियो ।

    यससँगै नेपालमा सक्रिय संक्रमित ४५ हजार ५७२ जना पुगेको छ भने हालसम्म कूल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । 


    यस्तै, बितेको २४ घण्टामा ३ हजार ३३६ जना निको भएका छन् । हालसम्म निको हुनेको संख्या १ लाख ११ हजार ६७० पुगेको छ ।
    पछिल्लो २४ घण्टामा ५ जना संक्रमितले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको कूल संख्या ८५७ पुगेको छ ।

    साताको लोकप्रीय