अब औद्योगिक क्षेत्र फस्टाउँछन्ः मन्त्री भट्ट

अब औद्योगिक क्षेत्र फस्टाउँछन्ः मन्त्री भट्ट

अर्थ डबली
शनिवार, मंसिर ६ २०७७
अर्थ डबली
शनिवार, मंसिर ६ २०७७ (अर्काइभ बाट)
  • अब औद्योगिक क्षेत्र फस्टाउँछन्ः मन्त्री भट्ट

    काठमाडौं / उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोनाका कारण प्रभावित  औद्योगिक क्षेत्रको विकास विस्तारै फस्टाउने बताएका छन् । 

    images
    images

    कैलालीको टीकापुरमा रहेको खाद्य गोदामको आज अवलोकन गर्दै उनले औद्योगिक क्षेत्रको विकासमा सरकारले उच्च प्राथमिता दिएको जानकारी दिए।


      उनले टीकापुरमा मैदा कम्पनी र बर्दियाको राजापुरमा चिउरा मिल सञ्चालन गर्ने तयारी भइरहेको बताए । “लम्की, टीकापुर, नारायणपुर, खक्रौलासँगै हुलाकी सडक जोडिएकाले यहाँको उद्योग व्यापार फस्टाउने  छ ।

     यसमा पनि यस क्षेत्रमा सार्वजनिक जग्गाको पनि कमी छैन, “मन्त्री भट्टले भने, “सडक सञ्जाल अव्यवस्थित भएकाले व्यवस्थित गर्न जरुरी छ । सडक व्यवस्थित भए टीकापुर क्षेत्रको सम्भावना धेरै छ ।” 

    कार्यक्रममा टीकापुर नगरपालिका प्रमुख तपेन्द्रबहादुर रावलले टीकापुरमा फ्लोर मिल र औद्योगिक क्षेत्र सञ्चालन  गर्न आग्रह गरे । 

    साताको लोकप्रीय