शाओमी नेपालले नोट १० सिरिजको पोर्टफोलियो विस्तार गर्दै, नेपाली बजारमा रेडमी नोट १० एस सार्वजनिक 

शाओमी नेपालले नोट १० सिरिजको पोर्टफोलियो विस्तार गर्दै, नेपाली बजारमा रेडमी नोट १० एस सार्वजनिक 

अर्थ डबली
शुक्रवार, असार ४ २०७८
अर्थ डबली
शुक्रवार, असार ४ २०७८ (अर्काइभ बाट)
  • शाओमी नेपालले नोट १० सिरिजको पोर्टफोलियो विस्तार गर्दै, नेपाली बजारमा रेडमी नोट १० एस सार्वजनिक 

    काठमाडौँ /  शाओमी नेपाल, ग्लोबल टेक्नोलोजी लिडरले आज नेपालमा रेडमी नोट १० एस को लन्च गरेको छ। रेडमी नोट १० एस एक स्लिक डिजाइन, स्टनिंग क्यामेरा, स्याभेज पर्फमेन्स र स्मुथ डिस्प्लेको साथ आउँछ । 

    images
    images

    यो पहिलो उपकरण हुनेछ जुन अहिले सम्मको क्लिनेस्ट मीयुआई एक्सपेरियन्स आउट–अफ–द–बक्सको मीयुआई १२.५(अन्तरिम)को साथमा उपलब्ध हुनेछ ।

    शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “रेडमीमा हाम्रा उपभोक्ताहरु हामीले गर्ने हरेक चीजको केन्द्रबिन्दुमा रहेका छन् जसले हामीलाई डेमोव्रmेटाइजिंग टेक्नोलोजीको दिशामा निरन्तर काम गर्न अग्रसर बनाएको छ र अझै बढी सुलभ बनाएको छ । हाम्रो भर्खरै लन्च गरिएको रेडमी नोट १० प्रो ले हाम्रो उपभोक्ताहरूबाट अभूतपूर्व प्रतिव्रिmया प्राप्त गरिरहेको छ ।”

    यसले जीवनको अविश्वसनीय सुपथ मूल्यमा नवीनता प्रदान गर्ने हाम्रो मूल दर्शनलाई दर्शाएको उनले बताए । 
    यसले स्मार्टफोनको इन्डस्ट्रिमा हामीलाई ट्रु गेम चेन्जर बनाउने उनको दाबी छ । उनी भन्छन् “यो विरासतलाई कायम गर्दै हामी रेड नोट १० एसलाई प्रस्तुत गर्दैछौँ ।

    जसले स्याभेज पर्फमेन्स र स्टनिंग क्यामेराको प्रस्तुती दिन्छ । शक्तिशाली मेडियाटेक हेलियो जी९५, ६४ एमपीको क्यामेरा सेटअप र राम्रो इमेज प्रोसेसिन्गको लागि न्यूनतम ६ जीबीको ¥यामको साथ हामी हाम्रो प्रयोगकर्ताहरुलाई आफुलाई मन पर्ने खेलहरु खेल्न र फोटोग्राफीलाई उच्च तहमा लगेर प्रोत्साहन गर्दैछौँ । न्यू मीयुआई १२.५(अन्तरिम) ले प्रयोगकर्ताहरुलाई आफ्नो स्मार्टफोनमा कुन एप्लिकेशन इन्स्टल गर्न मन छ त्यो निर्णय गर्न मद्दत गर्दछ ।”

    रेडमी नोट १० एस
    रेडमी नोट १० एस क्वाड क्यामेरा सेटअपको साथ आउँछ जसमा ६४ एमपीको प्राइमरी क्यामेरा, ८ एमपीको अल्ट्रा–वाइड लेन्स, २ एक्स क्षमताको साथ २ एमपीको म्याव्रmो क्यामेरा र २ एमपीको डेप्थ सेन्सरको फिचर रहेको छ । 

    ११८डिग्रीको फिल्ड अफ भ्यूको साथ रेडमी नोट १० एसले प्रयोगकर्ताहरुलाई ग्रुप फोटोहरू र ल्यान्डस्केप शट्सहरु सजिलै कब्जा गर्न मद्दत गर्दछ ।

    क्यामेरा एप्लिकेशनको मीयुआई कस्टमाइजेसनलाई स्काइस्केपिंग, कलर फोकस, प्रो कलर र अल न्यू प्रो टाइम–ल्याप्स मोडका साथ नयाँ युगका सोसियल मिडिया व्रिmयटरहरुलाई निर्माण गरिएको छ । 

    यो नयाँ सुविधाले प्रयोगकर्ताहरुलाई एकदमै जटिल अवस्थाको प्रकाशमा पनि टाइम ल्याप्सहरू शुट गर्न मद्दत गर्दछ । रेडमी नोट १० एसले क्वालिटी सेल्फीका लागि १३ एमपीको फ्रन्ट इन–डिस्प्ले क्यामेराको सुविधा प्रदान गर्दछ ।

    भाइब्रेन्ट सुपर एमोलेड डिस्प्ले

    आफ्नो सिबलिंग्स जस्तै, रेडमी नोट १० मा १६.३३ सेन्टिमिटर(६.४३) फूल एचडी+ सुपर एमोलेड डिस्प्ले इमर्सिभ कन्टेन्ट भ्युइन्ग एक्सपेरियन्सको लागि रहेको छ ।

    यो ११०० निट्सको ब्राइटनेस र ३६० डिग्रीको एम्बियन्ट लाइट सेन्सरको साथमा आउँछ जसले एम्बियन्ट लाइटलाई आरामदायी भ्युइन्ग एक्सपेरियन्सको लागि अधिक सटीक ढंगले डिकेक्ट गर्दछ र स्व्रिmनको ब्राइटनेसलाई एड्जस्ट गर्न मद्दत गर्दछ । 

    यो १०० प्रतिशत डीसिआई–पी३ को साथ आउँछ जसले वाइडर कलर ग्यामटलाई सुनिश्चित गर्दछ र ४५०००००ः१को इम्प्रेसिभ कन्ट्रास्ट रेसियो प्रदान गर्दछ । १८० हट्र्जको टच स्याम्पलिंग रेटको सुविधा राख्दै यसले गेमिंगको बेलामा प्रयोगकर्ताहरुलाई एक पिन–पोइन्ट एक्युरेसी दिन इन्पुट ल्यागलाई कम गर्दछ । 

    रेडमी नोट १० एसले आफ्नो अगाडिको सबैभन्दा सानो ३.५ मिलिमिटरको डट–नचको साथ एक बेजेल–लेस डिस्प्लेको प्रस्तुत गर्दछ । डुअल स्टेरियो स्पिकर सेटअपले फोनमा एक उपयोग गर्ने सामग्रीलाई रमाइलो बनाउने प्रभावकारी अनुभव थप्दछ ।

    पर्फमेन्सः मेडियाटेकहाइपरइन्जिन गेमिंग टेक्नोलोजी
    रेडमी नोट १० एस मिडियाटेक हेलियोस जी९५ को चिपसेट द्वारा संचालित छ जुन अल्टिमेट गेमिंग एक्सपेरियन्सको लागि डिजाइन गरिएको हो । 

    यसको सिपियुमा एआरएम कर्टेक्स ए ५५ र ए ७६ गरेको छ जुन २.०५ गिगाहट्र्ज सम्म कल्कड अप हुन्छ र जिपियु एआरएम माली जी ७६रहेको छ जुन ९०० मेगाहट्र्ज सम्म कल्कड अप हुन्छ ।

    यसले प्रयोगकर्ताहरुलाई शक्तिशाली प्रदर्शन प्रदान गर्दछ जसले गेम्सहरु खेल्ने बेलामा सबैभन्दा स्मुथेस्ट फ्रेम रेटमा चलाउन सक्षम बनाउँछ ।

    ६ जीबीको एलपीडीडीआर४एक्स को -यामको साथ रेडमी नोट १० एसले मल्टिटास्किंग र उपकरणको समग्र स्मुथनेसलाई बढाउन मद्दत गर्दछ । 

    यसले ६४एमपीको प्राइमरी क्यामेराको साथ राम्रो इमेज प्रोसेसिन्गलाई सुनिश्चित गर्दछ । पावरको लागि यसमा युएफएस २.२ को हाई–स्पिड स्टोरेज पनि रहेको छ । 

    न्यू रेडमी नोट १० एस नेपालको पहिलो उपकरण हो जसले लेटेस्ट मीयुआई १२.५(अन्तरिम) अपडेट आउट–अफ–द–बक्सलाई फिचर गर्दछ । विश्वभरको लाखौँ ग्राहकहरुको प्रतिव्रिmयाको आधारमा मीयुआईको १२.५ को लेटेस्ट संस्करणले समग्र युजर एक्सपेरियन्सलाई बढाउने कुरा केन्द्रित गर्दछ र सफा, छिटो र काम गर्दा कुशलता प्रदान गर्दछ । 

    एक अप्टिमाइज्ड सिस्टम एक्सपेरियन्स प्रदान गर्नका लागि, कम्पनीले सिस्टमको युआईलाई रि–राइट गरेको छ जसले कोर सिन मेमोरी युजेजलाई २० प्रतिशतले र पावरको खपतलाई १५ प्रतिशतसम्म घटाउएको छ । जसले लामो ब्याट्री लाइफ प्रदान गर्दछ । 

    उपभोक्ताहरूलाई बढी नियन्त्रण प्रदान गर्दै अब प्रयोगकर्ताहरूलाई आफ्नो उपकरणमा नचाहेको प्रिलोड गरिएको एप्लिकेशनहरू हटाउने र अनइन्स्टल गर्ने स्वतन्त्रता छ ।

    रेडमी नोट १० एस अन्तरिम मीयुआई १२.५को अपडेटको साथ आउँदछ र फाइनल भर्जन ओटिए मार्फत चाँडै रोल आउट हुनेछ ।

    xiomi news.JPG

    ईभोल डिजाइन
    रेडमी नोट १० एसले न्यू ईभोल डिजाइनलाई एक रिफाइन्ड लुक र प्रिमियम फिल प्रदान गर्दछ । न्यू आर्च–फिंगरप्रिन्ट सेन्सर उपकरणको छेउमा उपलब्ध छ । 

    टेपर्ड एजेज, फ्लाटएन्ड र कभ्र्ड ब्याकले उपकरणलाई सिमलेसली इन्टिग्रेटेड र प्रयोग गर्न सहज बनाएको छ । स्मार्टफोनमा ३.५ मिलिमिटरको अडियो ज्याक पनि रहेको छ ।

    ठूलो ब्याट्री
    रेडमी नोट १० एसमा ५००० एमएएचको ब्याट्री र ३३ वाटको फास्ट चार्जर इन–द–बक्स छ । यसले तपाईँलाई करिब ७८ मिनेटमा ०–१०० प्रतिशत चार्ज गर्न र ३० मिनेटमा उपकरणलाई ५४ प्रतिशत सम्म चार्ज हुन मद्दत गर्दछ । रेडमी नोट १०एस अल्ट्रा–ब्याट्री सेभिंग मोडको साथ आउँदछ जसले ब्याट्री लाइफलाई बचाउँछ ।

    उच्च गुणस्तर
    रेडमी नोट १० एस उच्चतम गुणस्तर मापडण्डहरुलाई कायम गर्दै कर्निंग® गोरिल्ला® ग्लासको साथ उपलब्ध छ जसले तपाईँको उपकरणलाई दुर्घटनात्मक झर्न र कोरिनबाट सुरक्षित राख्दछ । 

    आईपी ५३ रेटिंग र कोरोजन प्रुफ रबराइज्ड पोर्टले धुलो र पानी प्रवेश विरुद्धको सुरक्षा सुनिश्चित गर्दछ । 
    कुनै पनि हिटिंग समस्याहरुबाट स्मार्टफोनलाई बचाउन र छिटो हिट डेसिपेसनको लागि एक मल्टि–लेयरको ग्राफाइट सिट पनि उपलब्ध रहेको छ ।

    रङ्गहरू
    रेडमी नोट १० एस तीनवटा रंगको भेरियन्टमा उपलब्ध हुनेछः डीप सी ब्लु, फ्रोस्ट वाइट र श्याडो ब्ल्याक ।

    उपलब्धता र मूल्य
    रेडमी नोट १० एस अथोराइज्ड मी स्टोर, अनलाइन र रिटेल पार्टनरहरु २० जुन २०२१ बाट उपलब्ध हुनेछ ।
    ६ जीबी+६४ जीबीलाई  नेपाली २४ हजार ९९९ रुपैयाँ र ६ जीबी+१२८ जीबी नेपालीलाई २६ हजार ९९९ रुपैयाँ पर्नेछ । 

    साताको लोकप्रीय