धनगढीमा पनि गुड्ने भयो ट्रियो इलेक्ट्रिक अटो, मूल्य कति पर्ला ?

धनगढीमा पनि गुड्ने भयो ट्रियो इलेक्ट्रिक अटो, मूल्य कति पर्ला ?

अर्थ डबली
शुक्रवार, मंसिर १० २०७८
अर्थ डबली
शुक्रवार, मंसिर १० २०७८ (अर्काइभ बाट)
  • धनगढीमा पनि गुड्ने भयो ट्रियो इलेक्ट्रिक अटो, मूल्य कति पर्ला ?

    धनगढी / महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो अब धनगढीमा पनि गुड्ने भएको छ ।

    images
    images

    आज मंसिर १० गते शुव्रmबार एक समारोहकाबीच अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी)का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रा.लि.ले क्याम्पस रोड, धनगढी–८, कैलालीमा सार्वजनिक गरेको हो । 

    कम्पनीले यसअघि बुटवल, चितवन, हेटौंडा लगायतका ठाउँहरूमा ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरिसकेको छ । महिन्द्रा ट्रियो अटो ‘सफ्ट टप’ भेरियन्ट रु ८ लाख  ४० हजार शोरुमको मूल्यमा प्रस्तुत गरिएको छ ।

    महिन्द्रा ट्रियो १० हजारभन्दा सवारी साधनको बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो र सन् २०१८ मा यसको सार्वजनिक भएदेखि यसले ६ करोड ३० किलोमिटर भन्दा बढी दूरी तय गरिसकेकोे छ ।

    अग्नि इनर्जीका धनगढीका लागि आधिकारिक बिक्रेता सेन्ट्रल अटो जोन प्रा.लि.का प्रबन्ध निर्देशक बि. एण्ड ए. अटोमोटिभ्स प्रा.लि का प्रबन्ध निर्देशक श्री अभिनाश चौधरीका, धनगढी उपमहानगरपालिकाका मेयर नृप वहादुर वड, महिन्द्रा एल एम एम का निर्यात प्रमुख हिमांशु अग्रवाल तथा अग्नि इनर्जीका वरिष्ट कार्यकारी व्यवस्थापक प्रमोद पोखरेलका साथै  धनगढी उपमहानगरपालिका वडा सदस्यहरुका उपस्थितिबिच एक समारोहमा ट्रियो इलेक्ट्रिक थ्री–ह्विलर अटो सार्बजनिक गरिएको छ ।

    साताको लोकप्रीय