वास्तु विज्ञानः विहानै घरमा गरौं यी काम, जसले तपाईलाई दिनभरि दिन्छ सकारात्मक ऊर्जा 

वास्तु विज्ञानः विहानै घरमा गरौं यी काम, जसले तपाईलाई दिनभरि दिन्छ सकारात्मक ऊर्जा 

अर्थ डबली
शनिवार, मंसिर ११ २०७८
अर्थ डबली
शनिवार, मंसिर ११ २०७८ (अर्काइभ बाट)
  • वास्तु विज्ञानः विहानै घरमा गरौं यी काम, जसले तपाईलाई दिनभरि दिन्छ सकारात्मक ऊर्जा 

    आध्यत्मको कुरा गर्दा आधुनिक पुस्ताले यसलाई सोझै अस्विकार गर्नेहरु धेरै छन् । कतिपय भन्छन् यी आडम्बरका कुरा हुन् । पुरानो सोच हो । तर, वास्तु शास्त्र एक विज्ञान हो । विज्ञान सम्मत बास्तुको प्रयोग गरे घर अफिस वा तपाईको यात्रा सहज सफल र शुभ हुन सक्छ । 

    images
    images

    वास्तु शास्त्रले निर्देशित गर्ने कुरा व्यार्थ हुँदैनन् । यद्यपी उक्त निर्देशनको आशय के हो र त्यसको प्रभाव के रहन्छ भन्ने कुरा केलाउन सक्नुपर्छ । 
    नेपालीहरुले पुस्तौं युगौंदेखि गर्दै आएको विहान उठेर नित्यकर्म सकेपछि पूजापाठ गर्ने मठमा पानी चढाउने शंख घण्टी बजाउने वा पिपलको रुखमा पानी चढाउन जाने यी सबै कुनै न कुनै रुपमा वास्तु विज्ञान नजिक थिए  । छन् । मन्त्रोच्चारण गर्नु जप तप ध्यान गर्नु आफैंमा एउटा व्यायाम त छ नै यसले राम्रो योग भइरहेको पनि हुनछ ।  सारा तनावबाट मनको शुक्तिकरण र तनाव मुक्त भइरहेका हुन्छौं । सकारात्मक सोचको विकास, मन शान्त, खुसी त अवस्य नै हुन्छ नै ।  जसले फलतः दिनभर यसको सकारात्मक भाव हामीभित्र पाउँछौं । अब तपाई आफूलाई सकारात्मक सोच र खुशी बनाउन विहानैदेखि आफूलाई बदल्न सक्नुहुन्छ ।  यी टिप्सहरुले सहयोग पुग्न सक्छ जसले तपाईको जिवन बदल्न मद्धत गर्दछ । 

     [ १]  विहानीले दिनको संकेत गर्दछ ।

    विहानीले दिनको संकेत गर्दछ । वास्तु शास्त्र अनुसार हामीले विहानीलाई आनन्तमय बनाउन सक्यौं भने दिनको सुरुवात नै राम्रो ढंगले वित्छ । मनमा शान्ति छाउँछ । परिवारमा सुख आउँछ ।

    बिहानीको कर्म जुन ढंगबाट सुरु गर्छौं, त्यही अनुरुप हाम्रो दैनिकी गुज्रन्छ । यसर्थ दिनको सुरुवात सही ढंगबाट गर्नुपर्छ, जसले उत्साह, उमंग र उर्जा जागिरहोस् ।

    home bastu.PNG

    जस्तो बिहान उठ्नसाथ तपाईंले बाथरुम छिर्नुभयो, फ्रेस हुन नपाई ट्यांकीमा पानी सकियो । नतिजा के हुन्छ, तपाईको मुड खराब । यसको राप त्यही क्षण सेलाउदैन, बरु दिनभर नै रहन्छ ।
     ।
     वास्तुशास्त्रले भन्छ, पारिवारिक अशान्तिको कारण भनेकै गलत तरीकाले दिनको सुरुवात गर्नु हो ।

    यसैले तपाईले के गर्ने के नगर्ने आफूलाई तनाव नहुने विषयबाट शुरु गर्नुस् । त्यसको विचार अगाडी नै गर्नुस् । वास्तु अनुसार दिनको सुरुवात सही ढंगले गर्नर्का लागि बिहान के के गर्नु हुन्छ, के कस्ता काम गर्नु हुँदैन भन्ने जानकारी राख्न जरुरी छ ।

    [ २ ] शयन कक्षमा ऐना राख्नु ठीक की बेठीक ?

    कतिले शयन कक्षाको सामुन्नेमा ऐना राख्ने गर्छन् । ठूलो ऐना राख्ने विहानै उठ्ने वित्तिकै ऐना हेर्ने आफूलाई नियाल्ने गर्दछन् । तर, वास्तुशास्त्रले बिहान उठ्नसाथ ऐना हेर्नुलाई राम्रो मानेको छैन । जब हामी ऐनामा आफ्नो प्रतिबिम्ब देख्छौं, मनमा सकारात्मक भाव जाग्दैन  भनेको छ ।

    [ ३]  विहानै कस्ता व्यक्तिको अनुहार हेर्ने ? 

    बिहान कसको अनुहार हेरिएछ, पुरै दिन खराब भयो’,भन्ने हाम्रो चलन छ । यस्तो बोल्नु भन्दा पनि उठ्ने वित्तिकै अन्य व्यक्तिको अनुहार हेरेमा उनीहरुको नकारात्मक उर्जा तपाईमा पर्ने बास्तुले भनेको छ । यसैले ऊर्जा प्राप्त हुने विषयमा तपाईले पहिले दृष्टि गोचर गर्नु राम्रो हुन्छ । 

    [४]  विहानै खराव बोल्नु तिखो बोल्नु लडाई झगडा गर्नु के राम्रो हो ?

    दिनको सुरुवात राम्रोसँग गर्ने भन्ने तर, विहानै मुड खराव हुने गरी झगडा गर्ने नमिठो बचन गर्नु के राम्रो हुनसक्छ । र? यसैले यस्ता विषयलाई टाढै राख्नुपर्दछ । कसैसँग झगडा गर्नु, नमिठो वचन बोल्नु, खराब चिन्तन गर्नु हुँदैन ।

    [ ५ ] के तुलसीलाई जल चढाउने सुखी हुन्छ ?


    के घरमा तुलसी लगाउनु विहानै जल चढाउने व्यक्ति खुशी हुन्छन् ? तपाईलाई ज्ञान होला घरमा तुलसी रोप्नु धार्मिक दृटिले मात्र नभई आध्यात्मिक तथा वातावरणीय दृष्टिकोणले समेत लाभदायक छ । बाताबरण शुद्ध रहनुका साथै ज्ञान, विवेक, सुख, सम्पत्ति तथा स्वास्थ्यमा बृद्धि हुन्छ भनेको छ शास्त्रमा ।  

    home bastu.PNG

    विज्ञानले पनि शुद्ध विरुवा लाभदायक भनेको छ । जुन घरमा तुलसीको वास हुन्छ, उक्त घर सुखी हुने भनेको छ।  तपाईलाई अरु विस्वास नलागेपनि तुलसी औषधिय गुणले यूक्त वातावरण स्वच्छ राख्ने विरुवा हो यसैले आजै लगाउनुस् प्रयोग गर्नुस् । 
    यसले घरमा सकारात्मक उर्जा प्रवाह हुनुका साथै स्वास्थ्य पनि राम्रो हुन्छ ।

    [ ६ ] दियो बालेर सकारात्मक ऊर्जा कसरी हुन्छ ? 

    घरमा विहान सबेरै दियो बाल्नाले सकारात्मक उर्जाको पवेश हुन्छ। दियो आफैं ऊर्जाको श्रोत हो । बास्तुले भनेको छ,पैसा सम्बन्धि समस्या समेत हटेर जन्छ । यसबाहेक, घरकी महिलाले एक लोटो पानी घरको मुख्य द्धारमा राखेको खण्डमा घरमा लक्ष्मीको आगमन हुन्छ । 

    home bastu.PNG

    [ 7 ]के विहानै अचेल युवावर्गले माता पिताको खुट्टा ढोग्ने गर्छन् ? 

    मातापिता भनेको जगतजननी हुन् । उनीहरुमा दिव्य शक्ति हुन्छ । र, उक्त दिव्य शक्ति मातापिताद्धारा नै प्राप्त गर्न सकिने हुदाँ त्यसलाई हासिल गर्न पनि मातापिताको खुट्टा ढोग्नु पर्छ। पहिले योच चलन थियो । तर, बदलिदो समाजले यस्ता कृयाकलाप युवावर्गमा हराउँदै गएको छ । वास्तुले यस्तो गर्नु भनेको छ । , मातापिता प्रति सम्मान प्रकट गर्नु । आर्शीवाद प्राप्त गर्नु । भगवानको स्मरण गर्नु । यसले घरमा सकारात्मक माहोल पैदा गर्नुका साथै व्यक्तिमा आत्मविश्वास जगाउँछ ।

    साताको लोकप्रीय