कुहिरोको छाँदमा मनकामना केबलकारः हेर्नुस् विहानीको लोभलाग्दो दृश्य 

कुहिरोको छाँदमा मनकामना केबलकारः हेर्नुस् विहानीको लोभलाग्दो दृश्य 

अर्थ डबली
आइतवार, मंसिर १२ २०७८
अर्थ डबली
आइतवार, मंसिर १२ २०७८ (अर्काइभ बाट)
  • कुहिरोको छाँदमा मनकामना केबलकारः हेर्नुस् विहानीको लोभलाग्दो दृश्य 

    काठमाडौं नेपालको पहिलो र उत्कृष्ट केबलकार मनकामना केबलकार । साँस्कृतिक तथा पर्यटकीय दृष्टिले उत्कृष्ट मनकामना मन्दिर क्षेत्र जहाँ पुग्न प्रत्येक नेपालीको चाहाना हुन्छ । 

    images
    images


    केबलकार संचालन भएपछि मनकामना क्षेत्र र यस आसपासका क्षेत्र एक प्रमुख पर्यटकीय गन्तब्यका रुपमा विकास भएको छ । सो क्षेत्रमा उल्लेखनीय पर्यटन पूर्वाधार तथा सामाजिक क्षेत्रमा पनि विकास भएको कम्पनीले गरेको छ ।

    manakamana.JPG 

    नेपालकै पहिलो र चर्चित मनकामना केबलकार २०५५ साल मंसीर ८ गतेदेखि संचालनमा आएको थियो । मनकामना केबलकार चितवन कोई समुह अन्तर्गत मनकामना दर्शन प्रा।लि।द्वारा संचालित कम्पनी हो । 

    manakamana - cablecare.JPG

    सन् १९९८ मा नवीनतम ९० को प्रविधिबाट सुरु भएको थियो अmब २ वर्षभित्र पछिल्लो नवीनतम प्रणालीमा कम्पनीले स्तरोन्नति गर्दैछ । कम्पनीका अनुसार उद्योगमा यो सबैभन्दा नयाँ र नेपालमा पहिलो हुनेछ। 

    cable care.JPG

     कम्पनीले भनेको छ, हामी विश्वकै उत्कृष्ट, अस्ट्रिया टेक्नोलोजीको डोप्पेलमेयरद्वारा समर्थित तपाईंको सुरक्षाको लागि उत्तम र नवीनतम र सबैमा विश्वास गर्छौं।’ केही दिन अघि मात्रै मनकामना केवलकारले आफ्नो २३ औं वर्ष पूरा  गरी २४ औं युवावयमा हिडिरहेको छ । 

    कम्पनीका अनुसार नियमित संचालनमा आएको  केबलकारले हालसम्म करिब १ करोड ६० लाख यात्रु तथा भक्तजनहरुलाई सेवा पुर्याइसकेको छ । 

    cablecar.JPG

    केवलकारकै कारण मनकामना क्षेत्र विश्व सामु परिचित छ ।


    हाल रहेको एनालग प्रणालीलाई  डिजिटल प्रविधिमा स्तरोन्नति गरिने बताएको छ । जुन तीन महिना तीन चरणमा गरिने जनाएको छ । 

    cablecar - manakamana1.JPG

    स्तरोन्नति कार्य कम समयमा  सकिने गरी यात्रुलाई नियमित सेवा प्रवाह गर्दै  २०७९र ८० र २०८०र ८१ को भदौ महिना सम्म स्तरोन्नति कार्य सकिने कम्पनीले विज्ञप्तिमा भनेको छ । 

    तस्बिर : मनकामना केवलकारको आधिकारीक फेसबुकबाट साभार 

     

    साताको लोकप्रीय