आफ्नै कम्पनीबाट निकालिएका स्टिभ जब्स कसरी सफल भए ? पढ्नुहोस् उनका प्रेरणादायी भनाई

आफ्नै कम्पनीबाट निकालिएका स्टिभ जब्स कसरी सफल भए ? पढ्नुहोस् उनका प्रेरणादायी भनाई

अर्थ डबली
सोमवार, मंसिर १३ २०७८
अर्थ डबली
सोमवार, मंसिर १३ २०७८ (अर्काइभ बाट)
  • आफ्नै कम्पनीबाट निकालिएका स्टिभ जब्स कसरी सफल भए ? पढ्नुहोस् उनका प्रेरणादायी भनाई

    स्टिभन् पाउल जब्स अर्थात स्टिभ जब्स (फेब्रुअरी २४, १९५५ – अक्टोबर ५,२०११) विश्व बिख्यात एप्पल निगम सहायक संस्थापक तथा अध्यक्ष हुन्। जब्स पिक्सार एनिमेसन स्टुडियो का पनि सहायक संस्थापक हुन। स्टिभ जब्सलाई विश्व बिख्यात स्माटफोन आइफोन जन्मदाता पनि मानिन्छ। 

    images
    images

    जब्सले १९७६मा आफ्ना सहपाठी स्टिभ वजनिकसँग मिलेर एप्पल निगमको स्थापना गरेका थिए। १९८५मा बोर्ड अफ डाइरेक्टरसित शक्ति संघर्षमा पराजय भोगेपछि आफैद्धारा स्थापना गरेको कम्पनीबाट निस्कासित हुनु परेको थियो।त्यस पछि जब्सले नेक्स्टनामको अर्को कम्पनी स्थापना गरेका थिए।

    हेर्नुस् उनका महत्वपूर्ण भनाईहरु

    १. म ब्रह्माण्डमा एउटा चिन्ह (डेन्ट) लगाउन चाहन्छु।

    २. कहिलेकाहीँ जीवनले तपाईँलाई टाउकामा इँटाले हिर्काउँछ। आस्था नत्याग्‍नुहोस्।

    ३. सबैभन्दा धनी भएर चिहानमा जानुको कुनै अर्थ मेरा लागि छैन। राति सुत्‍न जाँदा, हामीले केही चमत्कारिक काम गऱ्यौँ भन्ने कुरा मेरा लागि महत्त्वपूर्ण छ।

    ४. जिन्दगीमा मेरा सबैभन्दा प्रिय वस्तुका लागि पैसा खर्च गर्नु पर्दैन। त्यसैले हाम्रो सबैभन्दा महत्त्वपूर्ण सम्पत्ति भनेको समय हो।

    ५. आस्था प्रविधिमा होइन, आस्था मानिसहरूमा हो।

    ६. डिजाइन भनेको कस्तो देखिन्छ वा कस्तो अनुभव हुन्छ मात्र होइन। डिजाइन कस्तो काम गर्छ भन्ने हो।

    ७. हाम्रो लक्ष्य भनेको विश्वमै उत्कृष्ठ उपकरण बनाउनु हो। विश्वमै ठूलो हुनु होइन।

    ८. भोकाएनौ भने खादैनौ, मुर्ख भएनौ भने सिक्दैनौ त्यसैले तपाईँको समय सीमित छ यसलाई व्यर्थ नबनाउनुहोस् ।

    ९. जो मानिस संसारलाई परिर्वतन गर्न एकदमै बौलाहा बनेर सोच्छ, वास्तवमा उसैले परिवर्तन गर्न सक्छ ।

    १०.गुणस्तरको मात्राभन्दा संख्या बढी महत्वपूर्ण हुन्छ ।

    ११. यो मेरो मन्त्राहरुमध्ये एक हो – ध्यान र सरलता । सरल जटिलभन्दा गाह्रो हुन सक्छ, यसलाई सजिलो बनाउन सोच सफा बनाउन तपाईँले कडा मेहनत गर्नुपर्दछ ।

    १२. शमशानमा सबैभन्दा धनी मानिस हुनुमा मेरो मतलब छैन । राति सुत्दा आफूले केही अदुभूत कार्य गरेको महसुस गर्नुमा मेरो मतलब छ ।

    १३. म विश्वस्त छु कि सफल उद्यमीहरुलाई असफल मानिसहरुबाट अलग गर्ने कुरा शुद्ध दृढता हो ।
    १४। अभिनवले नेता र एक अनुयायीबीचको भिन्नता देखाउँछ ।

    १५. मेरा जीवनमा मलाई मनपर्ने चिजहरुलाई कुनै मूल्य चाहिँदैन । यो वास्तवमै स्पष्ट छ कि हामी सबैसँग भएको सबैभन्दा बहुमूल्य स्रोत समय हो ।

    १६। आफ्नो हृदय र अन्तर्गुञ्जन अनुशरण गर्न साहस राख्नुहोस् । तिनले तपाईँ वास्तवमा के बन्न चाहानुहुन्छ भन्ने जान्दछन् ।

    १७. कहिलेकाहीँ जीवनले तपाईँको टाउकोमा इटाले हिर्काउँछ तर विश्वास नगुमाउनुहोस् ।

    १८. म ब्रह्माण्डमा एउटा झंकार ल्याउन चाहन्छु ।

    १९. कहिलेकाहीँ जब तपाई नयाँ खोजी गर्नुहुन्छ, तपाई गल्ती गर्नुहुन्छ । तिनीहरुलाई छिटो स्वीकार गर्न र तपाईको अन्य आविष्कारहरुमा सुधार ल्याउनु उत्तम हुन्छ ।

    साताको लोकप्रीय