राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा ‘युवासँग महालक्ष्मी लाइफ’कार्यक्रम 

राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा ‘युवासँग महालक्ष्मी लाइफ’कार्यक्रम 

अर्थ डबली
सोमवार, मंसिर १३ २०७८
अर्थ डबली
सोमवार, मंसिर १३ २०७८ (अर्काइभ बाट)
  • राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा ‘युवासँग महालक्ष्मी लाइफ’कार्यक्रम 

    काठमाडौँ / महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जनचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले देशव्यापाी रूपमा सञ्चालन गरिरहेको उक्त कार्यक्रम राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा सम्पन्न गरेको हो । 

    images
    images

    कम्पनीको ‘युवासँग– महालक्ष्मी लाइफ’ कार्यक्रम देशव्यापी बन्दै गएको छ। युवा र कलेजका विद्यार्थी लक्षित यो कार्यक्रम प्रति युवा वर्गको साथै देशका विभिन्न ठाउँका कलेजहरुको आकर्षण बढ्दै गइरहेको छ । 

    कम्पनीले यस साता सो कार्यक्रम बर्दिया जिल्लाको  राजापुर, गुलरिया नगरपालिकामा तथा काभ्रेको धुलिखेल मेडिकल कलेज र विरगञ्जमा सम्पन्न गरेको जनाएको छ । 

    मंसिर ७ गते गुलरियाको बबई बहुमुखि क्याम्पसमा क्याम्पस प्रमुख विरेन्द्र राज लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १०५ जना विद्यार्थीको सहभागिता थियो । 

    कम्पनीका क्षेत्रिय प्रमुख तेजेन्द्र न्यौपानेले प्रशिक्षण दिनु भएको कार्यक्रममा अतिथी गिरिराज देवकोटा, अभियानका केन्द्रिय सदस्य रमिला चौधरी, क्याम्पस प्रमुख विरेन्द्र राज लम्सालले कार्यक्रमको महत्व माथि प्रकाश पारेका थिए । 

    कार्यक्रमको सञ्चालन महालक्ष्मी लाइफका गुलरिया प्रमुख खुमेश सुवेदीले गरेका थिए । त्यसै गरी मंसिर ८ गते राजापुरको अमर सहिद बहुमुखि क्याम्पसमा ९५ जना विद्यार्थीको सहभागितामा ‘युवासँग–महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न भयो । 

    क्याम्पस उप प्रमुख अरुण कुमार चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्रिय प्रमुख तेजेन्द्र न्यौपानेले बीमा सम्बन्धी प्रशिक्षण दिए । कार्यक्रमको महत्व बारेमा क्याम्पस उप प्रमुख अरुण कुमार चन्द, अभियानका केन्द्रिय सदस्य तारावती चौधरी, एजेन्सी मेनेजर सीता चौधरीले प्रकाश पारिन् । 

    कार्यक्रमको संचालन महालक्ष्मी लाइफको राजापुर कार्यालय प्रमुख सन्नी कडायतले गरेका थिए । वीरगञ्जको बी पी सी कलेजमा पनि मंसिर ८ गते बीमा जागरण सम्बन्धी कार्यक्रम सञ्चालन भएको छ। कलेजका संयोजक मनोज वर्णवालको अध्यक्षतामा सम्पन्न ‘युवासँग–महालक्ष्मी लाइफ’कार्यक्रममा ४८ जनाको उपस्थिति रहेको थियो । 

    महालक्ष्मी लाईफका क्षेत्रिय प्रमुख दिगम्बर प्रसादले प्रशिक्षण दिनु भएको कार्यक्रममा रंजित पटेल र रोहित गुप्ताले कार्यक्रमको महत्वमा प्रकाश पारे । 

    त्यसैगरी मंसिर ११ गते शनिबार काभ्रेको धुलिखेल मेडिकल कलेजमा कम्पनीका बनेपा प्रमुख रिकेश कायष्थको अध्यक्षतामा ‘युवासँग– महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न भयो । 

    एमविविएस,विडिएस र व्यवस्थापनका ५२ जना विद्यार्थीको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य अभियानका केन्द्रिय सदस्य विनु कर्माचार्यले, कार्यालय प्रमुख रिकेश कायष्थ तथा कलेजका डीन डा. राजेन्द्र कोजुले बीमाको महत्व बारेमा प्रकाश पारे । 

    महालक्ष्मी लाइफका नायव प्रमुख कार्यकारी अधिकृत  रामेश्वर श्रेष्ठले प्रशिक्षण दिएको कार्यक्रमको सञ्चालन सदिक्षा गुरुङ्गले गरेकी थिइन् । 

    साताको लोकप्रीय