एशियन लाइफ इन्स्योरेन्सको बाल उच्च शिक्षा जीवन बीमा योजना सार्वजनिक 

एशियन लाइफ इन्स्योरेन्सको बाल उच्च शिक्षा जीवन बीमा योजना सार्वजनिक 

अर्थ डबली
सोमवार, मंसिर १३ २०७८
अर्थ डबली
सोमवार, मंसिर १३ २०७८ (अर्काइभ बाट)
  • एशियन लाइफ इन्स्योरेन्सको बाल उच्च शिक्षा जीवन बीमा योजना सार्वजनिक 

    काठमाडौँ / एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ‘बाल उच्च शिक्षा (अग्रिम भुक्तानी सावधिक)’ जीवन बीमा योजना प्रचलनमा ल्याएको छ । 

    images
    images

    समय सापेक्ष नविनतम् जीवन बीमा योजना ल्याउने क्रममा आफ्नो सन्तानको उच्च शिक्षाको लागी आवश्यक पर्ने ठूलो खर्च रकमको सहज व्यवस्थापन गर्न सहयोग पु-याउने उद्देश्यले कम्पनीले सो योजना ल्याएको हो । 

    कम्पनीका सञ्चालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठ, सञ्चालक समिति सदस्यहरू सजल मास्के, अच्युतराज सापकोटा, प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ र का.मु. नायब प्रमुख कार्यकारी अधिकृत मुरारी राज हुमागाईंले सोमबार कम्पनीको प्रधान कार्यालयमा संयुक्तरूपमा नयाँ जीवन बीमा योजना सार्वजनिक गरेका हुन् । 

    यस योजना अन्तर्गत नवजात शिशुदेखि १३ वर्ष उमेरसम्मको बालबालिकाको १ करोड रुपैयाँ बिमाङ्कसम्म जीवन बीमा गर्न सकिन्छ । 

    बीमित बच्चाको उमेरको आधारमा कक्षा ११ देखि स्नातक तहसम्मको शिक्षण शुल्क व्योहोर्न सघाउ पुग्ने गरी किस्ताबन्दीरूपमा बीमांकको रकम भुक्तानी गरिने सुविधा भएकाले अभिभावकहरु यो बीमाको माध्यमबाट छोराछोरीको उच्च शिक्षाको लागि ढुक्क हुनेछन् । 

    बीमित बच्चा १६, १७,१८,१९ र २० वर्ष पुरा भएको दिनमा क्रमशः बीमांकको २५,१५,२५, २० र १५ प्रतिशत रकम भुक्तानी गरिनेछ । यो बाहेक बीमा अवधि समाप्तीमा बीमित बच्चालाई नियमानुसारको बोनश रकम समेत  प्रदान गरिनेछ । 

    यसबाहेक तोकिएको अवधि पूरा हुनुभन्दा अगाडी बीमितलाई रकम खाँचो परेको अवस्थामा बीमालेखको शर्तको अधिनमा रही १२ महिना अघि नै अग्रिम भुुक्तानी रकम प्राप्त गर्न सकिने सुविधा समेत रहेको छ ।

    यस बीमा योजनामा बीमा अवधिभित्र बीमित बच्चाको मृत्यु भएमा बीमाङ्कको २५(पच्चीस) प्रतिशत रकम तत्काल भुक्तानी दिइनेछ । बीमाङ्कको ७५ प्रतिशत रकम र मृत्यु हुँदासम्मको आर्जित बोनश एकमुष्ठ रकम बीमा अवधि समाप्ती भएपछि भुक्तानी दिइनेछ । 

    यसरी रकम भुक्तानी गर्दा अग्रिम भुक्तानी गरिएको रकम कट्टा गरिने छैन । यस बीमा योजना अन्तर्गत दुर्घटना मृत्यु लाभ र वार्षिक शैक्षिक सुविधा समेत रोज्न सकिने सुविधा रहेको छ ।

    साताको लोकप्रीय