लघुबीमाको विकासमा मेटलाइफको प्रतिबद्धता, दावी व्यवस्थापन प्रणालीको शुरुवात

लघुबीमाको विकासमा मेटलाइफको प्रतिबद्धता, दावी व्यवस्थापन प्रणालीको शुरुवात

अर्थ डबली
सोमवार, मंसिर १३ २०७८
अर्थ डबली
सोमवार, मंसिर १३ २०७८ (अर्काइभ बाट)
  • लघुबीमाको विकासमा मेटलाइफको प्रतिबद्धता, दावी व्यवस्थापन प्रणालीको शुरुवात

    काठमाडौँ / मेटलाइफ नेपालले लघुबीमा दावीका लागि नयाँ दावी व्यवस्थापन  प्रणालीको शुरुवात गरेको छ । 

    images
    images

    उक्त प्रणालीले ग्राहकहरूलाई छिटो भुक्तानी गर्न म्यानुअल दाबी प्रक्रियालाई प्रतिस्थापन गर्ने कम्पनीले जनाएको छ । 

    नयाँ प्रणालीमा दावी आवश्यकता र डिस्चार्ज भाउचरहरूका लागि स्वचालित इमेलहरूको व्यवस्थाका साथसाथै दावी पेश गर्न र भुक्तानीको समयलाई घटाउनका लागि स्वचालित दाबी मूल्याङ्कन जस्ता सुविधाहरू समावेश गरिएका छन् ।

    मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठका अनुसार मेटलाइफ आफ्ना ग्राहकहरूको थप आत्मविश्वासी भविष्य निर्माणमा मद्दत गर्न प्रतिबद्ध छ । 

    साथै उनले दु्रत दाबी समाधान नै लघुबीमा ग्राहकहरूको प्राथमिकता रहेको र यसका लागि उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न मेटलाइफको नयाँ दाबी व्यवस्थापन प्रणाली कोशेढुङ्गा सावित हने बताए । 

    लघुबीमा मार्फत सेवाविहीन समुदायलाई वित्तीय सुरक्षा प्रदान गर्न मेटलाइफ सन् २००९ मा लघवित्त संस्थाहरुसँग साझेदारी गर्ने नेपालको पहिलो बीमा कम्पनी हो ।

    कम्पनीको ग्रामीण कर्जा बीमाले देशका ७७ जिल्लाभरिका लघुवित्त संस्था तथा सहकारीका ऋणीहरुलाई बीमा सुरक्षा प्रदान गर्दै आएको छ ।

    ऋणीहरुको कर्जा चुक्ता क्षमातालाई प्रभाव पार्न सक्ने अप्रत्याशित घटनाहरूबाट जोगाउन बीमाले ऋणीहरुको बाँकी रहेको कर्जा चुक्ता गरि निजहरुको परिवारलाई थप आर्थिक सहयोग प्रदान गर्दछ ।

    सन् २००९ भन्दा पहिले लघुवित्त संस्थाका ऋणीहरूको बीमा सुरक्षामा पहुँचका लागि कुनै औपचारिक माध्यम थिएन । मेटलाइफले स्वरोजगार र गरिबी निवारणमा सहयोग गर्ने उद्देश्यका साथ लघुवित्त उद्योगका विज्ञहरूसँग परामर्श गरि नेपालमा लघुविमा योजना शुरु गरेको थियो । 

    तत्पश्चात मेटलाइफले यसको नियमित समिक्षा गरी प्रक्रियालाई सरल बनाउँदै, योजनाहरूको विकास र परिमार्जन गर्दै यसलाई अझ बढी ग्राहक केन्द्रित बनाउँदै आएको छ । 

    मेटलाइफले हाल २४ लघुवित्त संस्थाहरूसँग साझेदार गरी ८ लाख ऋणीहरूको बीमा गरेको छ । हालसम्म कम्पनीले करिब चौबिस हजार दावीहरू वापत एक अर्ब ३० करोड रुपियाँ भूक्तान गरिसकेको छ ।

    मेटलाइफ नेपालका सहायक उपाध्यक्ष तथा प्रमुख वितरण अधिकृत अरुण बहादुर बस्नेतको अनुसार यस प्रणालीको शुरुवातले दावीहरूको प्रशोधन समय उल्लेखिय रूपमा घटाउन मद्दत गर्नेछ किनकि यसमा दावी सारांश तयारी, डिस्चार्ज भाउचर तयारी र स्वीकृतिका लागि हातबाटै तथ्याङ्क भर्न र प्रशोधन गर्न आवश्यक पर्दैन । 

    यसले लघु ग्राहकहरूलाई उनीहरूको कठिन समयमा राहत दिनको लागि छिटो भुक्तानी प्रेषण गर्न सक्षम गराउँछ । साथै उनले आफ्ना लघु ग्राहकहरूलाई समयमै सेवा प्रदान गर्न प्रणालीलाई सुधार गर्दै डिजिटल सेवामा लैजान निरन्तर काम गर्ने बताए । 

    मेटलाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ ईन्स्योरेन्सको शाखाको रूपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो ।

    नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरूलाई जीवन बीमा, दूर्घटना तथा स्वास्थ्य बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरू प्रदान गरिरहेको छ । 

    साताको लोकप्रीय