जायल्स आन्ड्रियाको ‘साहासी पेङ्गुइन’ प्रकाशित

जायल्स आन्ड्रियाको ‘साहासी पेङ्गुइन’ प्रकाशित

अर्थ डबली
बुधवार, मंसिर १५ २०७८
अर्थ डबली
बुधवार, मंसिर १५ २०७८ (अर्काइभ बाट)
  • जायल्स आन्ड्रियाको ‘साहासी पेङ्गुइन’ प्रकाशित

    काठमाडौँ / जायल्स आन्ड्रियाको लेखन र गाइ पार्कर–रिसको चित्राङ्कनमा रहेको चित्र कथा पुस्तक ‘साहासी पेङ्गुइन’ प्रकाशित भएको छ।

    images
    images

    जायल्स आन्ड्रिया बेलायती लेखक हुन्। पर्पल रोनी एडवर्डका बिजेता र जिराफ क्यान्ट डान्स जस्ता चर्चित कृतिका लेखेकजायल्स आन्ड्रियाले अन्य धेरै बाल पुस्तकहरु लेखेका छन्।

    यस चित्रकपुस्तक द वाट्स प्रकाशन समुह (ह्याचेट चिल्ड्रेन ग्रुप) प्रकाशन गृहले २०१७ मा प्रकाशन गरिसकेको छ। 

    नेपालमा बालपुस्तक प्रकाशन गर्ने कथालय इन्कले यस चित्रकथालाई नेपालीमा भाषामा प्रकाशित गरेको छ। यस चित्रकथाको नेपाली अनुवाद भिक्टर प्रधानले गरेका छन्।

    यस चित्रकथामा दक्षिणी ध्रुवको बरफ जमेको समुद्री किनारमा रहेको पेङ्गुइन परिवारमा एउटा फुच्चे पेङ्गुइन हुन्छ जो पानी देखेर डराउँछ । 

    त्यसैले उसका साथीहरु रमाएर पानीमा खेलिरहँदा ऊ एक्लै खेल्न बाध्य हुन्छ । आखिर उसले कसरी आफूभित्रको डरलाई काबुमा राख्यो होला ?

    यस चित्रकथामा आमाले आफ्नो सन्तानलाई दिएको हौसला र साहासलाई बेजोड रुपले प्रस्तुत गरिएको छ। 

    आफ्नो सन्तानको डर र निराशालाई आत्मशक्तिमा परिवर्तन गर्नु हरेक अभिभावकको कर्तव्यलाई पनि यस चित्रकथामा चित्रण गरिएको छ ।

    यो मार्मीक र मन छुने कथाबाट के थाहा हुन्छ भने जुनसुकै बाटोमा पनि पहिलोपल्ट जानका लागि माया र प्रोत्साहन चाहिन्छ । 

    बालबालिकामा केहि गर्ने साहास र मनोबल थप्न यस पुस्तकले अहम भुमिका खेल्ने छ। 

    साताको लोकप्रीय