नाडाको आगामी निर्वाचनका अध्यक्ष पदका प्रत्यासी उम्मेदवार चौधरीले सार्वजनिक गरे आफ्नो प्यानल, कोको समूहमा ? 

नाडाको आगामी निर्वाचनका अध्यक्ष पदका प्रत्यासी उम्मेदवार चौधरीले सार्वजनिक गरे आफ्नो प्यानल, कोको समूहमा ? 

अर्थ डबली
बुधवार, मंसिर १५ २०७८
अर्थ डबली
बुधवार, मंसिर १५ २०७८ (अर्काइभ बाट)
  • नाडाको आगामी निर्वाचनका अध्यक्ष पदका प्रत्यासी उम्मेदवार चौधरीले सार्वजनिक गरे आफ्नो प्यानल, कोको समूहमा ? 

    काठमाडौँ / नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालको आगामी निर्वाचनका लागि अध्यक्ष पदका प्रत्यासी उम्मेदवार करण चौधरीले आफ्नो समूहका सदस्यहरू सार्वजनिक गर्दै प्यानल घोषणा गरेका छन् । 

    images
    images

    चौधरीको सो–प्यानलमा अटोमावाइल क्षेत्रमामो अनुभव बोकेका व्यवसायीदेखि नयाँ युवा पुस्ताका समेत समेटिएको दावी गरिएको छ ।  

    सम्पूर्ण अटोक्षेत्र प्रतिनिधित्व गर्ने चार पाङग्रे, दुई पाङग्रे, व्याट्री, लुब्रीकेन्ट, टायर, स्पेयर पार्टस्, हेभिइक्युपमेन्ट, सवै क्षेत्रलाई समेटर टिम बनेको चौधरीले जनाएका छन् ।

    प्यानलमा अनुपकुमार बराल, सुरेन्द्र कुमार उप्रेती (सुरेश), विक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्योती, मिलनबाबु मल्ल, निलमणी पाठक (राम), पंकज अग्रवाल, राजेन्द्र अग्रवाल, वर्ण न्यौपाने, सुनिल रिजाल, वरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, देवराज भण्डारी, गोपाल भट्टराई र गंगाराज भट्टराई तय भएका छन् । 

    प्यानल घोषणा गर्दै चौधरीले भने “हाम्रो समुहमा अनुभव र जोशको उत्तम समिश्रण छ त्यसैले अनुकलता र प्रतिकुलता दुवैमा अटोमोवाइल क्षेत्रलाई सन्तुलित तरिकाले विकास गर्दै अगि बढ्न हाम्रो टिम सक्षम छ ।” 

    साताको लोकप्रीय