सहरमा माग बढेपनि गाउँमा कोदोखेती घट्दै

सहरमा माग बढेपनि गाउँमा कोदोखेती घट्दै

अर्थ डबली
बिहिवार, मंसिर १६ २०७८
अर्थ डबली
बिहिवार, मंसिर १६ २०७८ (अर्काइभ बाट)
  • सहरमा माग बढेपनि गाउँमा कोदोखेती घट्दै

    गलेश्वर / म्याग्दीमा बर्सेनि कोदोखेती गर्ने क्रम घट्दै गइरहेको छ । केही समय पहिलेसम्म मालिका, मङ्गला, रघुगङ्गा, अन्नपूर्ण, धौलागिरि र बेनी नगरपालिकाका सबै गाउँमा प्रशस्त कोदोखेती हुन्थ्यो । आजभोलि कोदोखेतीप्रति किसानको मोह घट्दै गएको छ ।

    images
    images

    जिल्लाका किसानले लगाएको कोदो प्रशस्तै मात्रामा फल्ने गरेको थियो । उत्पादन धेरै भए पनि बिक्री हुन छाडेपछि किसान कोदो खेतीप्रति निरुत्साहित हुँदै गएका हुन् ।

      कोदोका परिकारको विविधिकरण र बजारीकरणमा देखिएको समस्याले किसान कोदो खेतीप्रति आकर्षित हुन छाडेका उनीहरु बताउँछन् । 

    ग्रामीण क्षेत्रको जमिन कोदो खेतीका लागि निकै उपयुक्त मानिन्छ । त्यहाँका किसानले कोदोखेतीलाई भने उपयुक्त मान्न छाडेका छन् । त्यसैले अहिले कोदोका लागि योग्य जमिन त्यसै बाँझै छाडेका छन् ।

       कोदोमा मानव स्वास्थ्यको लागि अत्यावश्यक पौष्टिक तत्व भरपुर मात्रामा पाइन्छ । जसकारण बेनी, पोखरा, काठमाडौँलगायतका सहरी क्षेत्रमा कोदोको माग बढ्दै गएको छ । बजारसम्म पहुँच नभएपछि कोदोबारी बाँझै छाड्न किसान बाध्य भएका हुन् ।

    कोदोखेती विस्तार र संरक्षणमा सम्बन्धित निकायले खासै ध्यान नदिएको किसानको आरोप छ । प्रदेश र स्थानीय सरकारले समेत स्थानीय उत्पादनको बजार व्यवस्थापन र व्यावसायिकरणका लागि कुनै योजना नै बनाएको छैन । म्याग्दीका ६ वटै स्थानीय तहमा कोदोको राम्रो उत्पादन हुन्छ । थोरै बिउमा समेत धेरै उत्पादन गर्न सकिने कोदो पाखो जमिनमा लगाउने गरिन्छ । 

    अहिलेसम्म व्यावसायीक रुपमा कोदोखेती गर्ने किसान छैनन् । खानका लागि मात्र उत्पादन गरिने गरेको छ । 

     उर्वर माटोका कारण थोरै बिउमा रोपिए पनि कोदो धेरै फल्छ । खाएर मात्रै सकिँदैन । बेच्ने बजार नै छैन ।

      भएको बजारसम्म पुग्न र पु¥याउन यातायातको सुविधा नहुँदा कोदो खेतीप्रति आकर्षण घटेको देवीस्थानका इन्द्रमाया फगामीले बताए ।

    साताको लोकप्रीय