म्याग्दीको पर्यटकीयस्थलमा धमाधम पूर्वाधार निर्माण

म्याग्दीको पर्यटकीयस्थलमा धमाधम पूर्वाधार निर्माण

अर्थ डबली
बिहिवार, मंसिर १६ २०७८
अर्थ डबली
बिहिवार, मंसिर १६ २०७८ (अर्काइभ बाट)
  • म्याग्दीको पर्यटकीयस्थलमा धमाधम पूर्वाधार निर्माण

    गलेश्वर / म्याग्दीका पर्यटकीयस्थलमा पछिल्लो समय धमाधम पूर्वाधार निर्माण भइरहेको छ । पर्यटकीयस्थलको प्रचारप्रसारले तीव्रता पाएसँगै पर्यटक आगमन पनि बढ्दै गएको छ । 

    images
    images

    बेनी नगरपालिकाको ऐतिहासिक ज्यामरुककोट, पुलाचौरपछै र सिङ्गा तातोपानी, मालिका गाउँपालिकाको देविस्थान, मङ्गला गाउँपालिकाको बरंजा, अन्नपूर्ण गाउँपालिकाको खोपरालगायत पर्यटकीयस्थलमा पूर्वाधार निर्माण भइरहेको छ । 
     
     पछिल्लो समय पर्यटकीयस्थलका रुपमा विकास भएको मालिका गाउँपालिका–५ देवीस्थानस्थित गाईखर्क ताल पुग्ने सडक निर्माण भएको छ ।

     वडा कार्यालयको सिफारिसमा गाउँपालिकाबाट विनियोजित रु दुई लाख र स्थानीयवासीको रु ५० हजार बराबरको श्रमदानमा उक्त सडक निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष रवीन्द्र राना मगरले जानकारी दिए ।

      देवीस्थानको हाँस खोलादेखि गाईखर्कसम्म ७५० मिटर सडक निर्माण गरिएको छ । पर्यटकीयस्थलको रुपमा विकास हुँदै गएको सो तालको पर्यटन प्रवद्र्धन गर्न मोटरबाटो निर्माण गरिएको वडाध्यक्ष पिपला बुढाथोकी मगरले बताए ।

    ताल अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरी वडा कार्यालयले बजेट विनियोजन गरी मन्दिर निर्माण थालेको छ । 

     गाउँपालिकाभित्रका पर्यटकीयस्थलमा पर्यटकको सेवा सुविधालगायत अन्य आवश्यक भौतिक पूर्वाधार निर्माणमा गाउँपालिकाले विशेष जोड दिएको  अध्यक्ष श्रीप्रसाद रोका मगरको भनाइ छ । 

     आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी प्रदेश सरकारको आर्थिक सहयोगमा दुई होमस्टे सञ्चालन गरिएको छ । 

    बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित ऐतिहासिकस्थल खड्गभवानी कोत परिसरलाई समेत पर्यटकीयस्थल बनाउन वडा कार्यालय, नगरपालिका र गण्डकी प्रदेश सरकारले पूर्वाधार निर्माण गरिरहेका छन् ।
     
    भू–तथा जलाधार व्यवस्थापन कार्यालय, पर्वतको रु १४ लाख ९९ हजार तथा उपभोक्ताको रु तीन लाख ६५ हजार बराबारको श्रमदानबाट पदमार्ग निर्माण गरिएको छ । पदमार्ग निर्माणपछि कोतमन्दिर पुग्न सहज भएको छ । 

    चालू आवमा भू–तथा जलाधार व्यवस्थापन कार्यालयको बजेटबाट २५० मिटर, गतवर्ष पर्यटन बोर्डको बजेटबाट ५६ मिटर र बेनी नगरपालिकाको बजेटमा ७६ मिटर पदमार्ग निर्माण गरिएको थियो । 

     ज्यामरुककोट मन्दिरलाई गलेश्वर र पञ्चकोटसँग जोड्ने गरी पूर्वाधार निर्माण गर्न थालिएको अध्यक्ष थापाले बताए । 

     मुक्तिनाथको दर्शन गरेर फर्किएका भक्तजनलाई गलेश्वरहुँदै ज्यामरुककोत र यहाँदेखि बागलुङको पञ्चकोट पु¥याउन सके पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने बताइएको छ । 

    खड्ग भवानीकोत परिसरबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, गुर्जा चुरेनलगायत हिमाल, धौलागिरि र गण्डकी क्षेत्रका विभिन्न स्थल, गलेश्वर, पञ्चकोट, बेनी, पर्वतको कुश्मा, कालीगण्डकीको नागबेलीसहितको दृश्यावलोकन गर्न सकिन्छ ।

    थप समाचार :- 

    जुम्लामा स्थानीयवासीद्वारा होमस्टे सञ्चालन : 

    खलङ्गा / जुम्लाको पातारासि गाउँपालिका– ७ का स्थानीयवासीले गाउँमै होमस्टे सञ्चालन गरेका छन् ।  गैरसरकारी संस्था ‘हातेमालो नेपाल जुम्ला’ले नमूनाका रुपमा पट्मारा गाउँका ६ घरलाई होमस्टे बनाएको छ । 

    हातेमालो नेपाल जुम्लाका कार्यकारी निर्देशक टेक रावतका अनुसार विस्तारै अन्य घरमा पनि होमस्टे सञ्चालन गरिने छ । “सफल भएमा अन्य घरलाई पनि होमस्टे बनाउने योजना छ”, उनले भने ।

      हाल रेडपाण्डा ९रातो हाब्रे० संरक्षण नेटवर्कको सहयोगमा ६ घरलाई होमस्टे बनाइएको छ । रावतले भन्नुभयो,“ मुगुको रारा जाने पर्यटकलाई लक्षित गरी पट्मारा गाउँमा  होमस्टे सञ्चालन गरिएको होे ।”, 

    गतवर्ष चैतदेखि सुरु भएको होमस्टेमा कोरोना भाइरसको महामारीका कारण उल्लेख्य  पाहुना आएका छैनन् । कोरोनाको सङ्कट कम भएर पर्यटनले लय समात्नेमा रावत विश्वस्त हुनुहुन्छ । आन्तरिक र बाह्य पर्यटक आकर्षित हुने उनले बताए । 

    पाहुनाको पर्खाइमा रहेको होमस्टे सञ्चालिका राज्यलक्षी रावतले बताउनुभयो । “पहुनालाई न्यानो स्वागतका साथै रैथाने बालीका परिकार खुवाउन हामी आत्तुर छौँ ।

      लोकल कुुखुराको सुप र मासु, कालीमार्सी चामलको भात, फाँपरको परिकार र चिनोको खिरलगायत परिकार तयार पाछौँ”, उनले भने । 

    रारा जाने तथा पट्मारा गाउँको महारुद्र सामुदायिक वनमा भेटिएको दुर्लभ वन्यजन्तु रेडपाण्डा हेर्नका लागि आउने पर्यटनलाई लक्षित गरी होमस्टे सुरु गरिएको रावतले बताए ।

     “रेडपाण्डा हेर्न पट्मारा गाउँमा एक पटक आउन आन्तरिक तथा बाह्य पर्यटकलाई आग्रह गछौँ । होमस्टे गाउँमै पहिलो भएकाले पाहुनालाई आर्गानिक परिकार पस्कने छौँ”, उनले भए । 

     

    साताको लोकप्रीय