नेप्सेको कारोबार रकममा सामान्य सुधार, १७७ कम्पनीको सेयर मूल्य घट्दा बढ्नेमा ११ कम्पनी मात्रै

नेप्सेको कारोबार रकममा सामान्य सुधार, १७७ कम्पनीको सेयर मूल्य घट्दा बढ्नेमा ११ कम्पनी मात्रै

अर्थ डबली
बिहिवार, मंसिर १६ २०७८
अर्थ डबली
बिहिवार, मंसिर १६ २०७८ (अर्काइभ बाट)
  • नेप्सेको कारोबार रकममा सामान्य सुधार, १७७ कम्पनीको सेयर मूल्य घट्दा बढ्नेमा ११ कम्पनी मात्रै

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक निरन्तर घटेर २५ सय बिन्दुको अंकमा आइपुगेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा राताम्यै भएको छ । 

    images
    images

      साताको सुरुवाती दुई दिनमा नै १०० अंकको गिरावटपछि मंगलबार र बुधबार केही स्थिर देखिएको नेप्सेमा साताको अन्तिम कारोबार दिन पनि करिब ५० अंकको उच्च गिरावट भएको छ ।

    नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीति समीक्षापछि निरन्तर घट्दै आएको नेप्सेको गिरावट क्रम आज पनि रोकिएन । जससँगै परिसूचक २५ सय ८४ अंकमा आइपुगेको हो ।

    प्रि–ओपन सेसनमा केही वृद्धि भए पनि नियमित सेसन सुरु भएपछि सुरुवातबाट नै घट्दो क्रममा देखिएको नेप्से ४९.०४ अंकको गिरावट हुँदा २५८४.६१ अंकमा बन्द भएको छ । बजार घटेको दिन आज साताको अन्तिम दिन कारोबार रकममा पनि चमक देखिएन । 

     कारोबार अवधिभर जम्मा ७९ लाख कित्ता सेयर खरिद बिक्री भएर ३ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सुरुवातमा कारोबार रकम न्यून भए पनि अन्तिममा बजार परिसूचक तल झर्दा कारोबार रकम भने केही उकालो लागेको छ ।

    करिब ५० अंकको गिरावट आएको दिन कारोबार भएका १३ वटै समूहमा गिरावट आएको छ । घटेकामध्ये निर्जीवन बीमा समूहमा सबैभन्दा बढी २४५ अंकको, जीवन बीमा समूहमा २३० र विकास बैंक समूहमा १८९ अंकको गिरावट आएको छ । 

     यस्तै, आज उत्पादनमूलक १४५ अंकले, वित्त समूहमा ७५ अंक, होटल र टुरिजम समूहमा ६२ अंकको गिरावट आएको नेप्सेले जानकारी दिएको छ ।

    बजार घटेपनि आज सामलीङ पावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । जससँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४६ रुपैयाँले बढे ५०७ रुपैयाँ पुगेको छ । यस्तै, न्यादी हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४१३ रुपैयाँ पुगेको छ ।

    आज नेप्सेमा १८९ कम्पनीको  सेयर कारोबारमा आएकोमा १७७ कम्पनीको  सेयर मूल्यमा गिरावट भएको छ भने ११ कम्पनीको  सेयर मूल्य बढेको छ । एक कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

    आज कारोबारमा आएका मध्ये न्यादी हाइड्रोपावर र सामलिङ पावर कम्पनीको  सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ । सेयर मूल्य बढेर सर्किट लेभमा बन्द हुने दुवै कम्पनी सार्वजनिक निष्कासनपछि हालै मात्रै दोस्रो बजारमा कारोबार सुरु भएका हुन् ।

    यस्तै, आज मात्र बोनसपछि सेयर मूल्य समायोजन भएको महिला लघुवित्तको सेयर मूल्य ८.५०प्रतिशत, नेपाल एसबिआई बैंकको १.६९ प्रतिशत र सबैको लघुवित्तको सेयर मूल्य १.६० प्रतिशतले बढेको छ ।

    सेयर मूल्य घट्नेमा भने कर्पोरेट डेभलपमेन्ट बैंक अगाडि रहेको छ । बैंकको सेयर मूल्य ६.८० प्रतिशतले गिरावट हुँदा मैलुङखोला जलविद्युत् कम्पनीको ६.७५ प्रतिशत र श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको ५.५७ प्रतिशतले घटेको छ ।

    साताको लोकप्रीय