इसिमोड, डाबर नेपाल र  तालकोल्ला सिएफयुजिबीच त्रिपक्षीय सम्झौता 

इसिमोड, डाबर नेपाल र  तालकोल्ला सिएफयुजिबीच त्रिपक्षीय सम्झौता 

अर्थ डबली
बिहिवार, मंसिर १६ २०७८
अर्थ डबली
बिहिवार, मंसिर १६ २०७८ (अर्काइभ बाट)
  • इसिमोड, डाबर नेपाल  र  तालकोल्ला सिएफयुजिबीच त्रिपक्षीय सम्झौता 

    काठमाडौं/ डिसेम्बर २, २०२१ मा इसिमोड, डाबर नेपाल प्रा. लि. र तालकोल्ला सिएफयुजि को बिच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । 

    images
    images

    पेमा ग्याम्त्सो, प्रबन्ध निर्देशक इसिमोड र हरकीरत सिंह बेदी, बिजिनेस प्रमुख, डाबर (नेपाल र म्यानमार) ले ःइग् मा हस्ताक्षर गरेका छन् । 

    बसन्त राज श्रेष्ठ, निर्देशक रणनीतिक सहयोग, इसिमोड र अरविन्द राना, प्रमुख–मेडिसिनल प्लान्ट, डाबर नेपाल उक्त अवसरमा उपस्थित थिए । 

    यस पहलको उद्देश्य नेपालको बैतडी जिल्लामा बहुपक्षीय साझेदारीको सदुपयोग गरी वन र आर्थिक उत्पादकत्व बढाएर जीविकोपार्जन र संरक्षणको परिणाम हासिल गर्नु रहेको छ । 

    dabar nepal1.JPG

    भौगोलिक र हावापानीका हिसाबले बैतडी जिल्लामा टिमुर खेतीको राम्रो सम्भावना छ । यही सम्भाव्यताको आधारमा तालकोल्ला सामुदायिक वन प्रयोगकर्ता समूह (ऋँग्न्) , डाबर नेपाल प्रा. लि. र इसिमोडले बैतडी डिभिजन वन कार्यालयको सहयोगमा पाँच वर्षको अवधिमा २५,००० टिमुरको बिरुवा रोप्न सहकार्य गर्दैछ । 

    यस सार्वजनिक–निजी–सामुदायिक साझेदारीले इकोसिस्टम पुनस्र्थापना, जीविकोपार्जनका विकल्पहरुलाई बढावा दिने र यस क्षेत्रमा दिगो विकासलाई प्रोत्साहन गर्नेछ । 

     

    साताको लोकप्रीय