पिपुल्स हाइड्रोपावरको प्रत्याभूतिकर्तामा लगानी कोष

पिपुल्स हाइड्रोपावरको प्रत्याभूतिकर्तामा लगानी कोष

अर्थ डबली
शुक्रवार, मंसिर १७ २०७८
अर्थ डबली
शुक्रवार, मंसिर १७ २०७८ (अर्काइभ बाट)
  • पिपुल्स हाइड्रोपावरको प्रत्याभूतिकर्तामा लगानी कोष

    काठमाडौँ / पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडका ९६ लाख कित्ता शेयरको रु ९६ करोड बराबरको प्राथमिक शेयर निस्काशनको शेयर प्रत्याभूतिकर्तामा नागरिक लगानीकोष रहने भएको छ ।

    images
    images

    सो हाइड्रोपावर कम्पनीको शेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा आज हस्ताक्षर गरिएको कोषले जनाएको छ ।

     सम्झौतापत्रमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरका तर्फबाट कम्पनीका प्रबन्ध सञ्चालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका थिए।

     यस हाइड्रोपावर कम्पनीले लमजुङको दोर्दी नदीबाट ५४ मेगावाट विद्युत् उत्पादन गर्नेछ । कम्पनीको निस्काशन तथा बिक्री प्रबन्धका रुपमा सानिमा क्यापिटल रहेको छ ।

    साताको लोकप्रीय