आँखाको ज्योति राम्रो बनाउन घरमै पाइने यी खानेकुरा खानुहोस्, यस्तो छ ८ टिप्स 

आँखाको ज्योति राम्रो बनाउन घरमै पाइने यी खानेकुरा खानुहोस्, यस्तो छ ८ टिप्स 

अर्थ डबली
शनिवार, मंसिर १८ २०७८
अर्थ डबली
शनिवार, मंसिर १८ २०७८ (अर्काइभ बाट)
  • आँखाको ज्योति राम्रो बनाउन घरमै पाइने यी खानेकुरा खानुहोस्, यस्तो छ ८ टिप्स 

    काठमाडौँ / मानव शरीरको लागि आँखा अभिन्न अङ्ग हो । हामले संसारको सुन्दर वस्तु देख्न पाउने भनेको हाम्रो आँखा हो । 

    images
    images

    आजको मान्छेमा आँखा कमजोरी दिनप्रतिदिन बढ्दै गएको छ । मान्छेमा चस्मा लगाउनेका संख्या दिनप्रतिदिन रूपमा बढ्दै आएको छ । आँखाको ज्योती राम्रो बनाउन घरेलु खानेकुरामा ध्यान दिन आवश्यक छ । 

    पावर चस्मा लगाउनेले समेत यी खानेकुरा खाने हो भने दृष्टिमा सुधार आउने अध्ययनले देखाएको छ । प्राकृतिक रूपमै आँखाको ज्योति राम्रो बनाउन घरमै पाइने यी सामग्रीको उपयो गर्नु उत्तम मानिन्छ।

    यस्ता छन् उपायहरु 

    जिराः जिरा र मिस्री बराबर मात्रामा लिएर राम्रोसँग पिस्ने र एक चम्चा घिउसँग दिनहुँ खाने । 

    सुकुमेलः तीन चारवटा सुकुमेल र एक चम्चा सुपलाई राम्रोसँग पिस्ने र एक ग्लास दूधसँग दिनहुँ पिउने । 

    अमलाः अमला पकाएर तयार पारेको गुलियो अचार दिनमा दुई पटक खानाले आँखाको ज्योति बढ्छ ।

    तोरीको तेलः राति सुत्नुअघि तोरीको तेलले टाउको दिनहुँ मालिस गर्दा पनि आँखाको ज्योति ठीक हुन्छ । 

    ग्रिन टीः दिनमा दुईतीन कप ग्रिन टी पिउनाले यसमा भएको एन्टिअक्सिडेन्टले आँखा तेजिलो बनाउँछ । 

    हाडेबदामः राति छसातवटा हाडेबदाम पानीमा भिजाउने र बिहान खाने गर्नाले आँखाको पावर ठीक हुँदै जान्छ । 

    तोरीको तेलः राति सुत्नुअघि तोरीको तेलले टाउको दिनहुँ मालिस गर्दा पनि आँखाको ज्योति ठीक हुन्छ । 

    हरियो तरकारीः हरियो सागसब्जीमा पाइने भिटामिन लगायतका पोषकतत्वले आँखाको ज्योती राम्रो बनाउन सहयोग गर्छ ।

    साताको लोकप्रीय