स्पेनिस ला लिगा : उपाधितर्फ लम्कँदै रियल म्याड्रिड

स्पेनिस ला लिगा : उपाधितर्फ लम्कँदै रियल म्याड्रिड

अर्थ डबली
आइतवार, मंसिर १९ २०७८
अर्थ डबली
आइतवार, मंसिर १९ २०७८ (अर्काइभ बाट)
  • स्पेनिस ला लिगा : उपाधितर्फ लम्कँदै रियल म्याड्रिड

    म्याड्रिड /  रियल म्याड्रिडले स्पेनिस ला लिगाको उपाधि दौड थप बलियो बनाएको छ । शनिबार राति भएको खेलमा रियलले बलियो प्रतिद्वन्द्वी रियल सोसिडाडलाई उसैको मैदानमा २–० गोलले हरायो । जितसँगै रियलले शीर्षस्थानमा आठ अंकको अग्रता बनाएको हो ।

    images
    images

    रियलको जितमा भिनिसियस जुनियर र लुका जोभिकले गोल गरे । दुवै गोल दोस्रो हाफमा गरेको रियलका लागि निनिसियसले ४७औं मिनेटमा खाता खोले । उनले लुका जोभिकको पासमा गोल गरेका थिए । जारी लिगमा भिनिसियसको यो ब्यक्तिगत १०औं गोल हो ।

    ५७औं मिनेटमा लुका जोभिकले क्यासमिरोको पासमा गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । लुका १७औं मिनेटमा कप्तान करिम बेन्जेमाको स्थानमा मैदान छिरेका थिए । बेन्जेमाले चोटका कारण मैदान छाडेका थिए । ४९ प्रतिशत बल पोसेसन राखेको सोसिडाडले १३ वटा पोस्ट प्रहार गरेपनि गोल गर्न सकेन । रियलका लुका जोभिक ‘म्यान अफ दी म्याच’ भए ।

    जितसँगै शीर्षटोली रियलको १६ खेलबाट ३९ अंक पुगेको छ । पराजित सोसिडाड २९ अंक सहित पाँचौं स्थानमा झरेको छ । दोस्रो स्थानमा रहेको सेभियाको ३१ अंक छ । शनिबार रातिनै भएको खेलमा सेभियाले भिल्लारियललाई १–० गोलले हरायो ।

    घरेलु मैदानमा सेभियालाई जिताउन लुकास ओकम्पोस नायक बने । लुकासले १६औं मिनेटमा गरेको गोल सेभियाका लागि प्रयाप्त बन्यो । पराजित भिल्लारियल १६ अंक सहित १३औं स्थानमा छ ।

    बार्सिलोना र एट्लेटिको म्याड्रिडले भने हार खेपेको छ । दुवै टोलीले घरेलु मैदानमा हार खेपेका हुन् । बार्सिलोला रियल बेटिससँग १–० गोलले स्तब्ध बन्यो । एट्लेटिको मालोर्कासँग २–१ गोलले पराजित भयो ।

    बार्सिलोनालाई उसैको मैदानमा स्तब्ध बनाउन बेटिसका जुआनमीले ७९औं मिनेटमा निर्णायक गोल गरे । बार्सिलोनालाई हराएसँगै ३० अंक बनाएको बेटिस तेस्रो स्थानमा छ । पराजित बार्सिलोना २३ अंक सहित सातौं स्थानमा छ ।

    अर्को खेलमा मालोर्कालाई जिताउन फ्रान्को रुस्सोले ८०औं र ताकेफुसा कुवोले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए । एट्लेटिकोका म्याथिअस कुन्हाले ६८औं मिनेटमा सुरुवाती गोल गरेका थिए । जितसँगै १९ अंक बनाएको मालोर्का १२औं स्थानमा उक्लिएको छ । २९ अंक बनाएको एट्लेटिको चौथो स्थानमा झरेको छ ।

    विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । हरेक हप्ता आउने ला लिगाको खेल अब हप्ताको ५० रुपैयाँ शुल्क तिरेर हेर्न सकिने छ ।

    ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।

    त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

    साताको लोकप्रीय