सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२१’ सम्पन्न, उत्कृष्ट लिडर्स सम्मानित

सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२१’ सम्पन्न, उत्कृष्ट लिडर्स सम्मानित

अर्थ डबली
आइतवार, मंसिर १९ २०७८
अर्थ डबली
आइतवार, मंसिर १९ २०७८ (अर्काइभ बाट)
  • सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२१’ सम्पन्न, उत्कृष्ट लिडर्स सम्मानित

    काठमाडौँ / सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स नाइटको चौथो संस्करण सम्पन्न भएको छ । 

    images
    images
    images

    मंसिर १८ गते शुक्रबारको दिन होटेल याक एण्ड यतिमा सम्पन्न सो कार्यक्रममा उत्कृष्ट लिडर्सलाई सम्मानित गरिएको थियो । 

    हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वरोजगार अभियान’ अन्तर्गत देशभरी रहेका ३१ हजार अभिकर्ताहरूमध्ये कार्यक्रममा आर्थिक बर्ष ०७७÷०७८ सालमा उत्कृष्ट कार्य सम्पादन गर्ने लिडरहरूलाई सम्मानित गरिएको कम्पनीले जनाएको छ । 

    कम्पनीकाअनुसार सिटिजन लाइफ इन्स्योरेन्सको कर्पाेरेट क्लबमा पर्न सफल २७९ जना सिटिजन लिडरहरू, उत्कृष्ट ५ सिनियर एजेन्सी मेनेजर, एजेन्ट र विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट शाखाहरूलाई सम्मान गरिएको हो । 

    कार्यक्रममा ४०० सक्रिय सिटिजन लिडरहरुको उपस्थिती रहेको कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष प्रदिप जङ्ग पाण्डे र अन्य सञ्चालक समितिका सदस्यहरूको समुपस्थितीमा कार्यक्रम भव्य र सव्य रुपमा सम्पन्न भयो ।
    कार्यक्रममा मुख्य अतिथिका रुपमा डा. सन्दुक रुइतको उपस्थिती थियो । आफ्नो जीवनका भोगाइहरू तथा अनुभव सुनाउँदै उनले आफुले मनदेखि चाहेको खण्डमा केहि कुरा पनि असम्भव छैन भन्ने कुरामा जोड दिए । उनले अझै उत्कृष्ट कार्य सम्पादन गर्न सबै उपस्थित लिडरहरूलाई प्रेरित गरेका थिए । 
    सिटिजन लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । 

    सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले भने “यस पेशालाई सम्मानित बनाउन र उत्कृष्ट लिडरहरूलाई  पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रणी रहेको रहनेछ ।” उनले यस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा थप सहयोग पुग्ने बताए । 

    सिइओ पौडेलले आगामी दिनहरुमा बीमामा आवद्ध भई उच्च सम्मान र उर्जाका साथ काम गर्नका लागि सिटिजन लिडरहरूलाई प्रेरित गरे । 

    समापनको अवसरमा अध्यक्ष प्रदिप जङ्ग पाण्डेले कम्पनीलाई आजको अवस्थामा ल्याई पु¥याउन प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पु¥याउने सम्बन्धित सबैप्रति कृतज्ञता व्यक्त गरे । 

    उनले कम्पनीबाट सञ्चालित विभिन्न अभियानहरू; ‘डिजिटल सिटिजन अभियान’, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वोरोजगार अभियान’ तथा बीमाको सचेतना बढाउन ‘जीवन बीमा जरुरी छ’, ‘विद्यार्र्थीसँग बीमा’, ‘गुरु सम्मान कार्यक्रम’ एवम नवीनतम जीवन बीमा योजना र व्यवसायिक तथा दक्ष कर्मचारी र सिटिजन लिडरहरू सहितको ‘सिटिजन टिम’ मार्फत कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताए ।  

    साताको लोकप्रीय