होण्डाको नयाँ एमेज २०२१ नेपाली बजारमा सार्वजनिक, यस्तो छ विशेषता 

होण्डाको नयाँ एमेज २०२१ नेपाली बजारमा सार्वजनिक, यस्तो छ विशेषता 

अर्थ डबली
आइतवार, मंसिर १९ २०७८
अर्थ डबली
आइतवार, मंसिर १९ २०७८ (अर्काइभ बाट)
  • होण्डाको नयाँ एमेज २०२१ नेपाली बजारमा सार्वजनिक, यस्तो छ विशेषता 

    काठमाडौँ / नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि.ले होण्डाको एमएमसि एमेज २०२१लाई नेपाली बजारमा सार्वजनिक गरेको छ । 

    images
    images

    कम्पनीले स्टाईल, पर्फमेन्स र सुरक्षालाई समावेश गरी शानदार इन्टेरियरस्का साथ एमएमसि एमेज २०२१ सार्वजनिक गरेको हो ।  

    यस नयाँ एमेज २०२१ मा रहेको एड्भान्स एलइडी प्रोजेक्टर हेडल्याम्प र त्यसैमा एकीकृत रहेको LED DRL'sका साथै नयाँ एड्भान्स फ्रन्ट फग ल्याम्पले सबैको ध्यान आकर्षण गर्नेछ । 

    यस कारको अर्को प्रमुख विशेषता भनेको यसमा भएको डायमण्ड कट् टू टोन मल्टी स्पोक आर–१५ एलोए व्हीलस् हो । 

    त्यसैगरी यस एमेज २०२१ मा गाइडलाइन सहितको रियर मल्टीभियू क्यामेरा रहेको छ र यस कारले सुरक्षाका लागि एनसिएपिबाट ४ स्टार सेफ्टी रेटिङ्ग समेत प्राप्त गरेको छ । 

    यसका साथै यस कारमा पहिलो पटक आफ्नो क्लासमा पेट्रोल र डिजल दुवै भेरियन्टमा ७ स्पिड सिभिटी गियरबक्स् रहेको छ । 

    यस कारमा रहेको स्ल्कि सोलिड विङ्ग फेस फ्रन्ट ग्रिलले यसको डिजाइनलाई अझ आकर्षित गरेको छ । अटोमेटिक हेडलाइट कन्ट्रोलका साथ लाइट सेन्सर, प्रिमियम C- Shaped LED कम्बिनेसन ल्याम्प, क्रोम डोर ह्याण्डल जस्ता यस कारका अन्य विशेषताहरु पनि रहेको छ ।  

    साताको लोकप्रीय