एनआईबिएल एस क्यापिटलको विद्युतीय प्रणालीबाट इकाईहरू बिक्री गर्न सकिने 

एनआईबिएल एस क्यापिटलको विद्युतीय प्रणालीबाट इकाईहरू बिक्री गर्न सकिने 

अर्थ डबली
सोमवार, मंसिर २० २०७८
अर्थ डबली
सोमवार, मंसिर २० २०७८ (अर्काइभ बाट)
  • एनआईबिएल एस क्यापिटलको विद्युतीय प्रणालीबाट इकाईहरू बिक्री गर्न सकिने 

    काठमाडौँ / एनआईबिएल एस क्यापिटलको विद्युतीय प्रणालीबाट इकाईहरू बिक्री गर्न सकिने भएको छ ।

    images
    images

    एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित ‘एनआईबिएल सहभागिता फण्ड’को योजना व्यवस्थापकले विद्युतीय प्रणालीमार्फत इकाईहरू बिक्री गर्न सक्ने व्यवस्था मिलाएको हो । 

    व्यवस्थापकले आवश्यक पूर्वाधार निर्माण गरी सो योजनाको कारोबारलाई थप प्रभावकारी तथा सहज बनाउन यस्तो व्यवस्था मिलाएको क्यापिटलले जनाएको छ । 

    योजनाको पहुँचलाई इन्टरनेटको माध्यमद्वारा आम लगानीकर्ताहरूमाझ सहजै उपलब्ध गराउने उद्देश्यका साथ स्वचालित विद्युतीय (अनलाइन) कारोबार प्रणालीमार्फत खरिद तथा अन्य विभिन्न अनलाइन सुविधाहरूको व्यवस्था गर्दै आइरहेको थियो ।

    एक विज्ञप्ति जारी गर्दै क्यापिटलले अब उप्रान्त योजनाका इकाईधनीहरूले मंसिर १९ गते आइतबारबाट सोही विद्युतीय प्रणालीमार्फत इकाईहरूको बिक्री गर्न समेत सकिने जानकारी दिएको हो । 

    नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रबद्र्धक रहेको सो योजनामा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको छ । 

    साताको लोकप्रीय