इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी १४ को मृत्यु, ९ जना बेपत्ता

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी १४ को मृत्यु, ९ जना बेपत्ता

अर्थ डबली
सोमवार, मंसिर २० २०७८
अर्थ डबली
सोमवार, मंसिर २० २०७८ (अर्काइभ बाट)
  • इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी १४ को मृत्यु, ९ जना बेपत्ता

    जकार्ता / इन्डोनेसियाको जकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको संख्या १४ पुगेको छ । 

    images
    images

     ज्वालामुखी विस्फोटमा परेर अरु नौ जना हराइरहेका यहाँका सञ्चारमाध्यमहरुले जानकहारी दिएका छन् ।

      हिजो राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बीएनपीबी) दिएको सामाचारअनुसार १३ जनाको मृत्यु हुनुको साथै अन्य ९८ जना घाइते भएका थिए ।

    गत शनिबार इन्डोनेसियाको जाभा प्रान्तको पूर्वी क्षेत्रमा लुमाजांग नामक जिल्लामा सो ज्वालामुखी निस्किएको थियो । 

     यसबाट यहाँका स्थानीय नागरिक नराम्ररी प्रभावित भएका छन् । ज्वालामुखीको खरानीले गर्दा उनीहरु भाग्ने क्रममा मृत्यु भएको बताएको छ । 

     यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागका प्रवक्ता अब्दुल मुहारीले यहाँ अहिलेसम्म पनि नौ जना व्यक्ति हराइरहेको जानकारी दिए ।

    उहाँका अनुसार हराएका ती व्यक्तिहरुको बारेमा पत्ता लाग्न सकेको छैन, उनीहरु हराएका या मृत्यु भएको पनि हुनसक्ने जनाए ।

     जाकार्ता समयानुसार शनिबार दिउँसो ३ः१० बजे ३ हजार ६७६ मिटर अग्लो माउन्ट सेमेरुमा ज्वालामुखी विस्फोट भएको थियो ।  

    साताको लोकप्रीय