महिला हिंशा अन्त्य गर्न सरोकारवालाहरूको जोड 

महिला हिंशा अन्त्य गर्न सरोकारवालाहरूको जोड 

अर्थ डबली
सोमवार, मंसिर २० २०७८
अर्थ डबली
सोमवार, मंसिर २० २०७८ (अर्काइभ बाट)
  • महिला हिंशा अन्त्य गर्न सरोकारवालाहरूको जोड 

    काठमाडौँ / महिला हिंशा अन्त्य गर्ने जोड दिनुपर्ने सरोकारवालाहरूले बताएका छन् । आईतबार राष्ट्रिय नाचघर जमलमा आयोजना ‘महिला तथा बालबालिकाका लागि इन्टरनेट’ विषयकमा सहभागी सरोकारवालाहरूको यस्तो बताएका हुन् । 

    images
    images

    नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष विक्रम श्रेष्ठको अध्यक्षतामा शुरू भएको उक्त कार्यक्रमको प्रमुख अतिथिको रूपमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मी, विशिष्ट अतिथिको रूपमा सेल्फी विथ डटर अभियानका संस्थापक सुनिल जग्लानको उपस्थिति रहेको थियो । 
     
    त्यस्तै अतिथिको रूपमा सेल्फी विथ डटरका सल्लाहकार सुनिल नन्दा, महिला उद्यमी संघ नेपालकी अध्यक्ष आरति नेपाल र जीसीआई बुढानिलकण्ठकी अध्यक्ष लिपशा श्रेष्ठको सहभागीता थियो । 

    news1.JPG

    कार्यक्रममा प्रमुखमा अतिथि रेग्मीले घरबाटै महिला हिंशाको जरो नहटाई महिला हिंशा अन्त्य नहुने बताइन् । घरभित्रै हिंशाको जरो भएकाले त्यसलाई सबैभन्दा पहिला हटाउनुपर्ने उनको भनाइ थियो । 

    ‘हामीले अहिलेसम्म महिला हिंशाका सवालमा आवाज उठायौं । हिंशा विरूद्धको अभियान शुरू गर्‍यो,’ मन्त्री रेग्मीले भनिन्, ‘महिला महिला भेला भएर हिंशा विरूद्धको कार्यक्रम गर्‍यो । पिडितहरू मात्रै भेला भएर यो कार्यक्रम गर्दा सफल भएन् ।’

    अब यसको मोडालिटी परिवर्तन गरेर परिणाममुखी काम गर्नेपुर्ने उनको जोड छ ।

    परिणाममुखी नतिजा ल्याउन पिडकहरूको माइन्ड परिवर्तन गर्नुपर्ने उनी बताउँछिन् ।
    अहिले महिला हिंशा अन्त्यका लागि विभिन्न कानून निर्माण भएपनि त्यसको पूर्ण कार्यान्यवन हुन सकेको छैन् । 

    मन्त्री रेग्मीले कानूनको पूर्ण कार्यान्वयन गर्न काम गर्ने प्रतिवद्धता जनाइन् ।

    इन्टरनेटबाट दुनियाँ देख्न सकिने बताउँदै उनले दुरदराजमा इन्टरनेट विस्तार गर्नुपर्नेमा जोड दिइन् । ‘अहिले इन्टरनेटको प्रयोग गलत तरिकाबाट पनि भएको छ । यसलाई सही सदुपयोग गर्नुपर्छ’ उनले भनिन् ।

    त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि सुनलि जाग्लानले पनि महिलामाथि भेदभाव गर्नु नहुनेमा जोड दिए । कार्यक्रममा उनले काभ्रेको नमोबुद्ध नगरपालिकामा १६ हजार घरको पहिचान छोरीका नाममा भएको बताए । सन् २०१५ मा छोरीको नामबाट नेमप्लेट राख्दा केही नेमप्लेट तोडफोड समेत भएको उनी बताउँछन् । 

    गत जुनमा सञ्चालन भएको सेल्फी विथ डटर अभियानमा नेपालमा पनि सफलतापूर्वक सम्पन्न भएको छ । एक महिनासम्म सञ्चालित उक्त अभियानमा १ हजार बढी सेल्फी पठाएका थिए । भातरमा शुरू भएकोपिरियड चार्ट अभियान नेपालमा पनि शुरू भएको छ । 

    उनीहरूलेकाभ्रेमा छोरी पञ्चायत समेत बनाएका छन् । यस्ता अभियानबाट नेपालसँगको सम्बन्ध अझै राम्रो बनाउन सक्ने जाग्लनाको भनाइ छ ।  
    कार्यक्रममा सुनिल नन्दाले पनि महिला हिंशा अन्त्यमा जोड दिए । 

    महिलामा ठूलो पदमा पुग्न सक्ने क्षमता भएको र पुगेको उनले बताए ।
    कार्यक्रममा महिला उद्यमी संघ नेपालकी अध्यक्ष आरती लामाले महिलालाई उद्यमशील बनाएर अगाडि बढाउने काम संस्ताले गरिरहेको बताइन् । 

    कार्यक्रममा सेल्फी विथ डटर अभियानका विजेतालाई प्रमाणपत्र वितरण गरिएको थियो । प्रमाणपत्र मन्त्री उमा रेग्मीको हातबाट प्रदान गरिएको थियो । 

    news.JPG

    पहिलो पुरस्कार ओखलढुङ्गाकी प्रतिष्ठा लामा, दोस्रो पुरस्कार  निसुदिका राई र तेस्रो पुरस्कार श्रेया पौडेलले पाएका थिए । उनीहरूलाई क्रमशः २१ हजार, ११ हजार र  ५ हजार १ सय नगद प्रदान गरिएको थियो । जुन रकम कोरोनाको बेला बैंक अकाउन्टमा ट्रान्सफर गरिएको थियो ।

    साथै ३० उत्कृष्ट सेल्फी तथा कार्यक्रमका स्वंमसेवकलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो ।सेल्फी विथ डटर अभियानका विजेताको पनि महिला हिंशा अन्त्य गर्नुपर्ने भनाइ थियो ।


    कार्यक्रमको समापनमा बोल्दै नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष तथा सो कार्यक्रमका सभापति विक्रम श्रेष्ठले आजका दिनमा एउटा इन्टरनेट शक्तिशाली टुल भएको बताएका थिए । उनले भने, ‘गास, बाँस र कपासपछि इन्टरनेटलाई लिन सकिन्छ ।’ 

    एक हप्ते कार्यक्रम अन्तर्गत नेपाल इन्टरनेट फाउण्डेशनले हालै रसुवाको उत्तरगयामा कम्युनिटी नेटवर्क स्थापना गरेको छ ।त्यस्तै संस्थाले कानपुर, काभ्रेमा विद्यालयमा छोरी बचाऊ, छोरी पढाऊ नारासहित महिला सशक्तिकरणका लागि कार्यक्रम आयोजना गरेको थियो । त्यो क्षेत्रमा इन्टरनेटको पहुँच नभएको पाइएपछि नेपाल इन्टरनेट फाउण्डेशनले त्यहाँ इन्टरनेट जडान गरिदिएको थियो ।

    यसपछि फाउण्डेशनले काठमाडौँ विश्वविद्यालयमा लैगिंक हिंसाको विरुद्ध कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमको नारा ‘घरबाट सुरु गरौँ महिला हिसां अन्त गरौँ’ रहेको थियो ।

    शुक्रबार संस्थाले त्रिभुवन विश्वविद्यालयमा कार्यक्रम आयोजना गरेको थियो । शनिबार संस्थाले सम्पूर्ण सरोकारवालाहरुसँग बैठक आयोजना गरेको थियो । भने आइतबार अवार्ड र प्रमाणपत्र वितरण गर्दै एक हप्ते कार्यक्रमको समापन गरेको थियो । 

    News  1.JPG

    साथै आज बिहान मात्रै सरोकारवाहरूको समेत बैठक बसेको छ । कोरोना महामारीका कारण सिमित व्यक्तिको सहभागितामा कार्यक्रम समापन गरिएको नेपाल इन्टरनेट फाउन्डेसनले जनाएको छ । 

    कार्यक्रमलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, सेल्फी विथ डटर, जेसीआई बुढानिलकण्ठ, सजिलो पे, एनआरएन, आई मार्क, आइसिटी समाचार, भायानेट लगायतका संस्थाको सहयोग गरेका थिए ।

    साताको लोकप्रीय