महिन्द्राद्वारा नेपालमा अल–न्यू स्कर्पियो-एन सार्वजनिक, केके छन् विशेषता ? 

महिन्द्राद्वारा नेपालमा अल–न्यू स्कर्पियो-एन सार्वजनिक, केके छन् विशेषता ? 

अर्थ डबली
मंगलवार, असार १४ २०७९
अर्थ डबली
मंगलवार, असार १४ २०७९ (अर्काइभ बाट)
  • महिन्द्राद्वारा नेपालमा अल–न्यू स्कर्पियो-एन सार्वजनिक, केके छन् विशेषता ? 

    काठमाडौँ / एसयुभी सेग्मेन्टको अग्रणी महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नेपाली बजारमा आफ्नो बहुप्रतीक्षित एसयुभी, ‘अल–न्यू स्कर्पियो–एन’ सार्वजनिक गरेको छ । 

    images
    images

    कार्यदक्षता, प्रविधि, क्षमता र नवीन आविष्कार (इनोभेसन)को संयोजन रहेको अल–न्यू स्कर्पियो–एनले महिन्द्राको प्रमाणिक एसयूभी डीएनको समृद्ध विरासत जीवित राख्दै एक एकाग्रतायुक्त, अत्याधुनिक ड्राइभिङ अनुभव प्याकेज प्रदान गर्ने ‘अल–न्यू स्कर्पियो–एन’ सार्वजनिक गरेको हो । 

    अल–न्यू स्कर्पियो–एनलाई यसको प्रभावशाली उपस्थिति, हेड–टर्निङ डिजाइन, कमाण्डिङ ड्राइभिङ पोजिसन र राम्रोसँग सजावट गरिएको भित्री साजसज्जासहित पुनर्परिभाषित गरि डी–सेगमेन्ट एसयूभी श्रेणीमा डिजाइन गरिएको छ ।  

    यसबाहेक, आफ्नो प्रामाणिक एसयूभी प्रतिज्ञा पूरा गर्दै, यसले रोमाञ्चक ड्राइभिङ अनुभवको लागि उच्च प्रदर्शन र साहसिक क्षमताहरू प्रदान गर्दछ ।

    अल–न्यू स्पर्पियो–एनको शुरूआतले महिन्द्राको नयाँ भिजुअल आइडेन्टीको अनावरणलाई संकेत गर्दछ, कम्पनीको एसयुभी पोर्टफोलियोलाई फरक तुल्याउनका नयाँ लोगो राखिएको छ । 

    ‘ट्विन पिक’ लोगोका खास विशेषता– यसले त्यो साहसिक नयाँ दिशाको प्रतिनिधित्व गर्दछ जसलाई महिन्द्राले नयाँ युगका उत्पादनहरूबाट आरम्भ गरेको छ, जुन नयाँ युगको स्वामित्व अनुभव प्रदान गर्न डिजाइन गरिएको हो ।

    इटालीको पिनिनफेरिना र महिन्द्रा इन्डिया डिजाइन स्टुडियो (एमआईडीएस), मुम्बई मा डिजाइन गरिएको र संयुक्त राज्य अमेरिकाको महिन्द्रा नर्थ अमेरिकन टेक्निकल सेन्टर(एमआरभी) र चेन्नईमा विशेषज्ञ टिमहरूद्वारा इन्जिनियरिङ गरिएको एवं पुणेको अत्याधुनिक विश्वस्तरीय सुविधामा निर्मित अल न्यू स्कपिर्यो एन साँच्चिकै एक वैश्विक उत्पादन हो ।

    घोषणा कार्यक्रममा एम एन्ड एम लिमिटेड, अटोमोटिभ डिभिजनका अध्यक्ष विजय नाकराले भने   “भारतसँगै दक्षिण अफ्रिका र नेपालमा अल–न्यू स्कर्पियो–एन एकैसाथ अनावरण गर्न पाउँदामा हामी हर्षित छौं । अल–न्यू स्कर्पियो–एन यस वर्ष नेपालमा ल्याउने योजना बनाइएका एसयूभीको श्रृङ्खलामध्ये पहिलो हो । यो नयाँ ‘ट्विन पिक्स लोगो’ बोक्ने पहिलो एसयूभी पनि हो । यो नयाँ ब्रान्ड पहिचान परिष्कृत र प्रामाणिक एसयूभीहरूको निर्माता बन्ने महिन्द्राको रणनीति अनुरूप छ । यसले हाम्रो एसयूभी पोर्टफोलियोमा रणनीतिक परिवर्तनको घोषणा गर्छ, यो नयाँ संसारका लागि प्रस्तुत गरिने प्रामाणिक एसयूभीहरू श्रृंखलाको यो पहिलो कदम हो । ”

    शुभारम्भमा बोल्दै अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले भने, “अग्नि मोटर्सले महिन्द्रासँगको हाम्रो सम्बन्धप्रति गौरवान्वित छ, जुन तीन दशकभन्दा लामो समयदेखि कामय छ र स्कर्पियोको नयाँ अवतारका साथ ग्राहकहरूलाई खुसी पार्न तत्पर छ । स्कर्पियो ब्राण्डले गत दुई दशकमा नेपालमा प्रतिष्ठित ब्राण्डको रुपमा आफूलाई स्थापित गरेको छ । यसले गर्व, सम्मान र उपस्थिति दर्शाउँछ, जसलाई हराउन गाह्रो छ ।

    नयाँ अल–न्यू स्कर्पियो–एन ले नेपालको एसयूभी–स्वामित्व अनुभवलाई पुनः परिभाषित गर्ने प्रतिज्ञा गरेको छ । 

    भारतको शुभारम्भसँगै नेपालमा पनि अल–न्यू स्कर्पियो–एन प्रस्तुत गर्न पाएकोमा हामी गौरवान्वित छौं ।”

    विशेषताहरू 

    ठूलो, बलवान, शक्तिशाली, अत्याधुनिक र सुरक्षा र प्रविधिले भरिएको, द स्कर्पियो–एन नामकरणलाई यो तथ्यलाई प्रतिनिधित्व गर्नको लागि ध्यानपूर्वक छनोट गरिएको थियो कि यसले खेललाई एनको शक्तिसम्म पु¥याउँछ ।

    नयाँ युगको प्रामाणिक एसयूभी खोज्नेहरूका लागि नयाँ द स्कर्पियो–एनलाई इञ्जिनियरिङ गरिएको छ । हाम्रो नयाँ तेस्रो पिढीको बडी–अन–फ्रेम प्लेटफर्ममा निर्माण गरिएको द स्कर्पियो–एनले अग्रणी वर्ग– (क्लास लिडिङ) संरचनात्मक कठोरता, अफ–रोड क्षमता र उदाहरणीय अन–रोड व्यवहारको गर्व गर्दछ । 

    द स्कर्पियो–एनमा १४९.१४ किलोवाट (२०० पीएस) शक्ति र ३८० एनएम टेर्क उत्पादन क्षमताको टीजीडीआई एमस्टालियन (पेट्रोल) इन्जिनद्वारा सञ्चालित छ र १२८.६ किलोवाट (१७५ पीएस) शक्ति र ४०० एनएम टकको एमहक (डीजल) इन्जिनयुक्त पनि छ, दुवै म्यानुअल र अटोमेटिक ६ स्पिड ट्रान्समिसन र फोरव्हील ड्राइभ (४×४) विकल्पसहित छ ।

    पूर्णतः नयाँ द स्कर्पियो–एन बाहरिजस्तै भित्री रूपमा पनि मनमोहक छ । उत्कृष्ट कफी–ब्ल्याक लेथरेट अपहोल्स्ट्री, उत्कृष्ट कमाण्ड सिट पोजिसन, बलियो मेटल फिनिस्ड डुअल रेलमा घेरिएको सेन्टर कन्सोल, उन्नत इन्फोटेनमेन्ट प्रणाली रहेको छ । 

    द स्कोर्पियो–एनका भित्री भागलाई  अत्यधिक परिष्कृत अनुभूति प्रदान गर्नका डिजाइन गरिएको छ, जसले चालक र यात्रुहरूलाई समान रूपमा आनन्दित तुल्याउँछ । 

    द स्कर्पियो–एनले बेन्चमार्क ड्राइभिङ गतिशीलता प्रदान गर्न उपलब्ध सबैभन्दा जटिल प्रविधिहरूको प्रयोग गर्दछ । पेन्टा–लिंक रियर सस्पेन्सनयुक्त सेगमेन्ट–फस्र्ट वाट्स  लिंक प्रणाली रहेको छ । 

    द स्कर्पियो–एन फस्र्ट–इन–क्लास, इन्टेलिजेन्ट टेरेन म्यानेजमेन्ट टेक्नोलोजीको साथ सबै भूभागहरूमा आधिपत्य कायम गर्ने गरि डिजाइन गरिएको छ । 

    अल–न्यू स्कर्पियो–एनमा यसको सेगमेन्टमा सबैभन्दा कम कार्बन उत्सर्जन हुन्छ । 
    कार्बन तटस्थतातर्फ अघि बढ्ने महिन्द्राको लक्ष्य अन्तर्गत एमएन्डएमले सचेतनापूर्वक धेरै वातावरण मैत्री निर्माण प्रक्रिया अपनाएको छ ।

    साताको लोकप्रीय