images

एसिया कपको लाइभ अपडेट हाम्रो पात्रोमा, कसरी हेर्ने ?

एसिया कपको लाइभ अपडेट हाम्रो पात्रोमा, कसरी हेर्ने ?

बुधवार, भदौ १३ २०८०
बुधवार, भदौ १३ २०८०
  • images
    images
    एसिया कपको लाइभ अपडेट हाम्रो पात्रोमा, कसरी हेर्ने ?

    काठमाडौँ / आज बुधवारदेखि सुरु हुन गइरहेको एसिया कप क्रिकेट प्रतियोगिताको लाइभ अपडेट हाम्रो पात्रोमै हेर्न सकिने भएको छ । नेपालकै लोकप्रिय एप ‘हाम्रो पात्रो’ले खेलको लाइभ अपडेट दिने जनाएको हो । 

    हाम्रोपात्रो इंकका अनुसार हाम्रो पात्रोको एन्ड्रोइड एपमा एसिया कप क्रिकेट प्रतियोगिताको लाइभ स्कोर देख्न सकिनेछ । यसका लागि एसियन क्रिकेट काउन्सिलको एपीआई प्रयोग गरिएको कम्पनीले जनाएको छ । 

    यो सुविधा प्रारम्भिक लन्चको लागि एन्ड्रोइड एपमा उपलब्ध हुने बताइएको छ, साथै क्रिकेट प्रतियोगिताको लाइभ स्कोर हेर्नका लागि प्रयोगकर्ताहरुले हाम्रो पात्रो एप अपडेट गर्नु पर्नेछ। बुधबार प्रतियोगिताको उद्घाटन खेलमा नेपालले एक दिवशीय क्रिकेटमा विश्वकै पहिलो वरियतामा रहेको पाकिस्तानको सामना गर्दैछ । 

    पाकिस्तान र श्रीलङ्कामा गरी दुई देशमा हुने यो प्रतियोगितामा नेपालको समूह चरणको अर्को खेल आउँदो सोमबार भारतसँग रहेको छ । फाइनल भने आउँदो ३१ भदौमा हुनेछ ।  

    हाम्रो पात्रोकै एपमा क्रिकेट खेलको लाइभ स्कोर हेर्ने सुविधाले प्रयोगकर्तालाई थप सहज हुने कम्पनीको विश्वास छ । यसअघि विश्वकप क्रिकेट प्रतियोगिताका क्रममा समेत हाम्रो पात्रोले स्कोरको लाइभ अपडेट दिएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय