images
images

हिमाल आरोहण : १ हजार ३२९ जनाले लिए अनुमति, उठ्यो साढे ७ करोड राजस्व

हिमाल आरोहण : १ हजार ३२९ जनाले लिए अनुमति, उठ्यो साढे ७ करोड राजस्व

यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि १४३ समूहका १ हजार ३२९ जनाले अनुमति लिएका छन् ।

मंगलवार, मंसिर २६ २०८०
मंगलवार, मंसिर २६ २०८०
  • images
    images
    हिमाल आरोहण : १ हजार ३२९ जनाले लिए अनुमति, उठ्यो साढे ७ करोड राजस्व
    images
    images

    काठमाडौँ / शरद ऋतुमा हिमाल आरोहणका लागि १७२ समूहका एक हजार ३२९ आरोहीले आरोहण अनुमति लिएका छन् । 

    मकालु, मनास्लु, अन्नपूर्ण, अमादब्लमलगायत हिमाल तथा हिमशृङ्खलासहित ५२ हिमाल आरोहणका लागि आरोहीले पर्यटन विभागबाट आरोहण अनुमति लिएका हुन् । विभागका अनुसार मंसिर २२ गते शुक्रबारसम्ममा स्वदेशी तथा विदेशी गरी १७२ समूहका एक हजार ६९ जना पुरुष र २६० जना महिलाले आरोहण अनुमति लिएका हुन् । 

    विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार यस वर्षको शरद ऋतुका लागि आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमादब्लम आरोहणका लागि अनुमति लिनेहरू रहेका छन् ।

    उनले भने, “अमादब्लम आरोहणका लागि ४५ समूहका ४१२ जना पुरुष र ८० जना महिला गरी ४९२ जनाले अनुमति लिएका छन् । अहिलेसम्म ७६ देशका आरोहीले विभिन्न ५२ हिमाल आरोहणका लागि अनुमति लिएका छन् ।” 

    गत बर्षको तुलनामा हिमलुङ हिमालको लागि पनि यस वर्ष राम्रो संख्यामा आरोहण अनुमति लिएको उनले बताए । 

    यस्तै, गत शुक्रबार पर्यटन विभागमा आगामी वसन्त ऋतुमा कसरी खुम्बु क्षेत्र लगायत अन्य हिमाल आरोहण क्षेत्रलाई कसरी व्यवस्थित गर्न सकिन्छ ? भन्ने विषयमा भएको छलफलमा पर्यटन विभाग, खुम्बु गाउँपालिका, सगरमाथा प्रदूषण नियन्त्रण समिति, नेपाली सेना, पर्यटन मन्त्रालय र एजेन्सीका केही प्रतिनिधि सहभागी रहेको उनले बताए । 

    यस्तै, मनासलु आरोहणका लागि ३०१, हिमलुङ आरोहणका लागि १२५ जनाले अनुमति लिएका छन् । आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमेरिकाका १३०, फ्रान्सका १२९, जर्मनीका ९६, चीनका ७९, रसियाका ६७, जापानका ५१ र स्विट्जरल्यान्डका ५० जना रहेका छन् । यो सिजनको आरोहण अनुमतिबाट सात करोड ६६ लाख ९३ हजार १२ रुपियाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।

    पर्यटन विभागका अनुसार यस पटक विभिन्न छ मुलुकका २२ जनाले नेपालका हिमालबाट स्की गर्नका लागि अनुमति लिएका छन् । स्कीका लागि सबैभन्दा अनुमति लिनेमा फ्रान्सका नागरिक रहेका छन् । उनीहरूले हिमाल आरोहणपछि स्की गर्दै आधार शिविर ओर्लिने छन् ।

    स्कीका लागि फ्रान्सका १५, फिनल्यान्डका एक, अमेरिकाका दुई, नेपालका तीन र नर्वेका एक जनाले विभागबाट अनुमति लिएका छन् । स्कीको अनुमति लिएकामध्ये फ्रान्सका तीन जना र एक फिनल्यान्डका एक जना महिला छन् । 

    विभागले हिमलुङ, धवलागिरि, मनासलु, रत्नचुली, पुथा हिउँचुली, एभरेस्टलगायतका हिमालमा स्की अनुमति दिँदै आएको छ । विभागले तोकिएको हिमाल क्षेत्रमा स्की खेल्न फोहोरमैला व्यवस्थापनका लागि पाँच सय डलर र स्कीका लागि १० जनासम्मको एक समूहले हजार डलर रोयल्टी बुझाउनु पर्छ । 

    यस्ते, सकारले आरोहीहरुबाट सात करोड ६६ लाख ९३ हजार १२ रुपियाँ रोयल्टी संकलन गरेको विभागले जनाएको छ । 

    यस्तो छ आरोहण अनुमतिको विवरणः

    news.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार