images
images

ल्याण्डमार्कको भैरहवामा चार तारे होटल सञ्चालनमा, विमानस्थल र बेलहिया नाकासम्म यातायातको सुविधा

ल्याण्डमार्कको भैरहवामा चार तारे होटल सञ्चालनमा, विमानस्थल र बेलहिया नाकासम्म यातायातको सुविधा

आइतवार, फागुन २० २०८०
आइतवार, फागुन २० २०८०
  • ल्याण्डमार्कको भैरहवामा चार तारे होटल सञ्चालनमा, विमानस्थल र बेलहिया नाकासम्म यातायातको सुविधा
    images
    images

    ल्याण्डमार्क होटल र रिसोर्टले लुम्बिनी प्रदेशको व्यापारिक केन्द्र भैरहवामा ल्याण्डमार्क भैरहवा सञ्चालनमा ल्याएको छ । प्रारम्भमा होटलले डिलक्स, सुपर डिलक्स, फ्यामली र जुनियर स्वीट गरी ५० कोठासहितको सेवा सुरु गरेको हो । 

    होटलले आउने पाहुनाका लागि भैरहवा विमानस्थलसम्म र बेलहिया नाकाबाट आउने र जाने यातायातको सुविधा समेत उपलब्ध गराएको छ । 

    रूपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ को सिंगापुर कोलनीमा अवस्थित होटलको शनिबार लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेले उद्घाटन गरेका हुन् ।

    होटलका कतिपय कोठाबाट रिभरभ्यू समेत देख्न सकिने छ । केही कोठामा सूर्योदयको पहिलो किरण बेडमा पुग्नेगरी होटलको निर्माण भएको छ । होटलमा  कोटियार्ड लाउञ्ज, स्वीमिङ पुल, रूफटप बार पनि रहेको छ ।
      
    निकट भविष्यमै १० हजार स्क्वारफिटको पार्टी र सेमिनार हलको सुविधासमेत दिने होटलले जनाएको छ । 

    ल्याण्डमार्क भैरहवा विश्व सम्पदा क्षेत्र लुम्बिनीको भ्रमण गर्ने पर्यटक, व्यवसाय वृद्धिका लागि हुने कार्यक्रमहरू, सामाजिक जमघट, विवाह लगायतकाको कार्यक्रमका लागि प्रमुख गन्तव्य बन्ने विश्वास रहेको होटका प्रमुख कार्यकारी अधिकृत सी एन पाण्डेले बताए । 

    उनले भने, “हामी सेवाको गुणस्तरमा कहिल्यै कुनै सम्झौतना गर्नेछैनौ, ल्याण्डमार्कको एकमात्र उद्देश्य पाहुनाहरूका लागि उत्कृष्ट सेवा दिने रहेको छ । हामी पर्यटकको रूची पूरा गर्न जुनसुकै समयमा पनि ल्याण्डमार्क भैरहवा, चितवन, काठमाडौँ र पोखरा प्रतिवद्ध रहेको छ ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार