नेपालमा तीन ओटा प्रणालीको प्रभाव : कुन कुन प्रदेशमा छ बर्षाको सम्भावना ?

नेपालमा तीन ओटा प्रणालीको प्रभाव : कुन कुन प्रदेशमा छ बर्षाको सम्भावना ?

बुधवार, जेठ १६ २०८१
बुधवार, जेठ १६ २०८१
  • नेपालमा तीन ओटा प्रणालीको प्रभाव : कुन कुन प्रदेशमा छ बर्षाको सम्भावना ?
    images
    images
    images
    images

    काठमाडौँ / नेपालमा स्थानीय वायु, पश्चिमी वायूको प्रभावसँगै बंगलादेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ।

    images
    images

    हाल कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिक  देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।  

    आज (बुधबार) दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    बुधबार राति कोशी प्रदेशका थोरै स्थानहरूमा साथै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    बिहीबार दिउँसो कोशी प्रदेशको थोरै स्थानहरू र बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

    कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    बिहीबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरू मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

    कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    शुक्रबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com