अवैध सुनको कारोबार गर्ने मुख्य योजनाकार १ बर्षपछि प्रकाउ

अवैध सुनको कारोबार गर्ने मुख्य योजनाकार १ बर्षपछि प्रकाउ

मंगलवार, साउन १ २०८१
मंगलवार, साउन १ २०८१
  • अवैध सुनको कारोबार गर्ने मुख्य योजनाकार १ बर्षपछि प्रकाउ

    काठमाडौँ / अवैध सुनको कारोबार गर्ने मुख्य योजनाकार एक बर्षपछि प्रकाउ परेका छन् । 

    images
    images

    दुबईबाट मलद्वारमा लुकाएर ल्याएको ९६० ग्रााम सुनका मुख्य योजनाकार पक्राउ परेका हुन् । 

    पक्राउ पर्नेहरुमा बाबुलाल दोङ र काभ्रेको महाभारत गाउँपालिका–२ घर भएका विकास योन्जन छन् । 

    उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार स्मार्ट पार्टी प्यालेस चाबहिलबाट पक्राउ गरेको हो ।

    २५ भदौ २०८० मा दुबईबाट हिमालयन एअरलाइन्सछारा काठमाडौं आएका बाबुलाल दोङ भन्ने व्यक्तिले मलद्वारमा लुकाएर ल्याएको ९६० ग्राम सुन प्रहरीले बरामद गरेको थियो ।

    बयानका क्रममा उक्त सुन योन्जनको रहेको बाबुलालले खुलाएका थिए । सुनसहित बाबुलाल पक्राउ परेपछि योन्जन भने फरार थिए ।

    योन्जनलाई पक्राउ गरेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थस्थित भन्सार कार्यालय पठाइएको परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com